कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आलमको बयान सकिएन, भोलि पनि हुने 

शिव पुरी

रौतहट — १२ वर्षअघि रौतहटको राजपुर फरदहवामा भएको बमकाण्डमा संलग्न रहेको अभियोगमा पक्राउ परेका कांग्रेस नेता एवं पूर्वमन्त्री मोहम्मद आफताब आलमसँगतको बयान मंगलबार सकिएन । आलमसँग बुधबार पुनः बयान लिइने अदालतले जनाएको छ ।

आलमको बयान सकिएन, भोलि पनि हुने 

आलममाथि कर्तव्य ज्यान, ज्यानमार्ने उद्योग र विस्फोटक पदार्थ भण्डारणको अभियोग लगाएर जन्मकैद सहित जिल्ला सरकारी वकिलको कार्यालयले सोमबार अभियोग पत्र दर्ता गराए पछि बयानका लागि अदालत लगिएको हो ।


प्राविधक कारणले बयानमा ढिला भएकाले बुधबार बयान सकेर थुनछेक बहस हुने जिल्ला न्यायधिवक्ता खडिन्द्रराज कटवालले बताए । ‘आलमकै बयानमा दुईदिन लाग्ने भयो,’ उनलेभने, ‘बयान सके लगत्तै थुनछेक बहस हुन्छ ।’


स्रोतका अनुसार आलमले अदालतमा समेत इन्कारी बयान गरेका छन् । उनले घटना नै नभएको जिकिर गर्दै आएका छन् । आलमलाई अदालत लगिँदा बाहिर उनका समर्थकको भीड लागेको थियो । जिल्ला प्रहरीले सदरमुकाम गौरको सुरक्षा व्यवस्था कडा पारेको थियो ।


संविधानसभा निर्वाचनको अघिल्लो दिन २०६४ चैत २७ गते राजपुर फरदहवामा भएको बम विस्फोटको घटनामा आलमविरुद्ध तीनवटा कसुरमा प्रहरीले अनुसन्धान सकेर सरकारी वकिलको कार्यालयमा गएको शुक्रबार मिसिल बुझाएको थियो । जिल्ला अदालतका न्यायधीश दीपक ढकालले बयान लिएका हुन् ।

बम विस्फोटमा परी सरुअठाका त्रिलोकप्रताप सिंह र ओसी अख्तरलाई घाइते अवस्थामा लगेर जिउँदै चिम्नी भट्टामा हालेर मारेको आरोपमा आलम, उनका भाई महताब आलम लगायत ११ जनालाई प्रतिवादी बनाइएको छ । घटनामा देखे सुनेकाहरुले प्रहरी समक्ष बयान दिइसकेका छन् ।


घटनाका घाइतेहरुले भारतको मोतिहारीमा उपचार गराएका थिए । उनीहरुले घटनाबारे उस बेला ज्यानको खतरा हुने भन्दै बताउन नसकेको प्रहरीको बयानमा उल्लेख छ । घटनाका जानकारहरु समेत आलमको डरले बोल्न चाहेनन् । घटनाको १२ वर्ष पछि राजपुरको मुद्दा अदालत समक्ष पुगेको हो ।



प्रकाशित : कार्तिक १९, २०७६ १७:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?