१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८२

ट्याक्टर पल्टिँदा तीन बालिकाको मृत्यु

दुर्गालाल केसी

दाङ — पिकनिक खाएर फर्कने क्रममा ट्याक्टर पल्टिँदा शुक्रबार गढवामा तीन बालिकाको मृत्यु भएको छ । गढवा कोइलाबास सडक खण्ड अन्तर्गत गढवा गाउँपालिका-५ चिसापानीमा रा १ त २३९३ नम्बरको ट्याक्टर पल्टिँदा ट्रलीमा बसेका २६ मध्ये तीनजनाको मृत्यु भएको हो । अन्य २३ जना घाइते छन् ।

ट्याक्टर पल्टिँदा तीन बालिकाको मृत्यु

मृत्यु हुनेमा गढवा-६ मनिकापुरकी ११ वर्षीया निनु पुन, १२ वर्षीया सिमा परियार र १२ वर्षीया सुनिता पुन छन् । उनीहरूको उपचारका क्रममा स्वास्थ्य चौकी गढवामा मृत्यु भएको हो।


तीन गम्भीर घाइतेलाई नेपालगन्ज रेफर गरिएको छ । अन्यको स्वास्थ्य चौकी गढवा, लमही अस्पताल र फ्लोरेन्स अस्पताल लमहीमा उपचार भइरहेको छ । ट्याक्टर र चालक नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी विनोदविक्रम शाहले बताए । उनीहरू भैलो खेलेको रकमबाट पिकनिक खान ट्याक्टरमा चढेर चिसापानी गएका थिए ।


प्रकाशित : कार्तिक १५, २०७६ २०:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?