कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

उम्मेदवार चयन गर्न पदाधिकारीलाई जिम्मा

कुलचन्द्र न्यौपाने

काठमाडौँ — कांग्रेसले उपनिर्वाचनका लागि पार्टीका तर्फबाट उम्मेदवार चयन गर्न पदाधिकारीलाई जिम्मा दिने निर्णय लिएको छ । उम्मेदवार चयन गर्ने आधिकारिक निकाय संसदीय समिति नभएकाले केन्द्रीय कार्यसमितिको शुक्रबारको बैठकले पदाधिकारीलाई अधिकार प्रत्यायोजित गरेको हो ।

उम्मेदवार चयन गर्न पदाधिकारीलाई जिम्मा

समितिमा कांग्रेसमा सभापति शेरबहादुर देउवासहित ८ सदस्य पदाधिकारी छन् । पदाधिकारी बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलालाई समावेश गर्ने निर्णय गरेको छ ।


विधान विपरित उम्मेदवार चयन गर्न लागिएको भन्दै नेताहरु प्रकाशमान सिंह, महेश आचार्य, गोपालमान श्रेष्ठ, बलबहादुर केसीलगायतले असन्तुष्टी जनाएका छन् ।

प्रकाशित : कार्तिक १५, २०७६ १६:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?