१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८२

जिल्ला अदालत काठमाडौंमा महरासँग बयान जारी

कृष्ण ज्ञवाली

काठमाडौँ — जिल्ला अदालत काठमाडौंले बलात्कारको प्रयासको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरासँग बयान लिन थालेको छ । जिल्ला अदालतका १ नम्बर न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासमा महरामाथि अदालतका कर्मचारीहरुले बयान लिइरहेका छन् ।

जिल्ला अदालत काठमाडौंमा महरासँग बयान जारी

महराको शुक्रबार दिनभर बयान हुने अदालतका कर्मचारीहरुको अनुमान छ ।


शुक्रबार बयान सकिएमा आइतबार उनीमाथि थुनछेक बहस हुने र सोही दिन उनको थुनछेक आदेश हुने अनुमान छ ।

रोशनीमाथि बलात्कार प्रयास आरोपमा निवर्तमान सभामुख महरा असोज १९ गते बालुवाटारस्थित सभामुखको सरकारी निवासबाटै पक्राउ परेका थिए । पक्राउ परेकै दिन राति उनको पनि त्रिवि शिक्षण अस्पतालमै स्वास्थ्य परीक्षण गरिएको थियो ।

असोज १८ गते रोशनीले महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरमा महराले आफूमाथि बलात्कार प्रयास गरेको भन्दै किटानी जाहेरी दिएकी थिइन् । त्यसको भोलिपल्टै काठमाडौं जिल्ला अदालतले उनलाई पक्राउ गर्न पुर्जी जारी गरेको थियो । महरा अहिले प्रहरी निगरानीमै थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार क्रममा छन् । मुटु र श्वासप्रश्वासमा समस्या देखिएपछि उनी चिकित्सकको रायअनुसार अस्पताल भर्ना भएका हुन् ।

प्रकाशित : कार्तिक १५, २०७६ १४:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?