कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जुवाखालबाट जनप्रतिनिधि र नेता पक्राउ

आश गुरुङ

(लमजुङ) — कौडा खेल्दै गरेको अवस्थामा लमजुङ प्रहरीले जनप्रतिनिधि (वडा सदस्य) र नेतासहित २५ जनालाई पक्राउ गरेको छ । सोमबार राति २ बजेतिर बेंसीसहर नगरपालिका ११, चिती तिलाहर नजिकै पुरानो कुखुराको खोरबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जुवाखालबाट जनप्रतिनिधि र नेता पक्राउ

डीएसपी रबिन्द्रमान गुरुङले गोप्य सूचनाको आधारमा २५ जनालाई पक्राउ गरिएको र उनीहरुको साथबाट २ लाख १६ हजार ४ सय ३० रुपैयाँ बरामद गरिएको बताए । उनीहरुको साथबाट ३२ थान कोडासमेत बरामद गरिएको छ । २ खाल गरेर कौडा खेलिरहेको अवस्थामा प्रहरीले उनीहरुलाई समातेको उनले बताए ।


प्रहरीका अनुसार बेंसीसहर नगरपालिका १ का ११ जना, बेंसीसहर नगरपालिका ११ का १२ जना र सुन्दरबजार नगरपालिका ९ का २ जनालाई पक्राउ गरिएको छ । प्रहरी स्रोतका अनुसार पक्राउ पर्नेमा बेंसीसहर नगरपालिका १ मा कांग्रेसबाट निर्वाचित वडा सदस्य गौबहादुर गुरुङ र नेकपा बेंसीसहर नगर कमिटी अध्यक्ष राजकुमार विष्टलगायत छन् ।


प्रहरीका अनुसार उनीहरु कोही खेल्दै गरेका र कोही हेर्दै गरेको अवस्थामा पक्राउ गरिएको हो । उनीहरु सवैलाई जुवा ऐन अन्तर्गत मुद्दा चलाइने प्रहरीले बताएको छ । विष्ट उक्त ठाउँकै हुन् भने गुरुङ छिमेकी वडाका हुन् ।


विष्टले घर नजिकै खेलेको भन्दै साथीहरुले बोलाएको र हेर्न गएको अवस्थामा प्रहरीको फन्दामा परेको दावी गरेका छन् ।

प्रकाशित : कार्तिक १२, २०७६ १८:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?