जुवाको खालबाट २ करोड ४७ लाखसहित २५ पक्राउ

जनकराज सापकाेटा

काठमाडौँ — महानगरीय प्रहरी वृत्त महराजगन्जले जुवाको खालबाट दुई करोड ४७ लाख २० हजार रुपैयाँसहित २५ जनालाई नियन्त्रणमा लिएको छ । 

पक्राउ पर्नेहरुमा क्यासिनोमा मिटर ब्याजको धन्दा चलाउने 'बलराम' भनिने बले सापकोटा, शोभित सिलवाल लगायतका छन् ।

प्रहरीले उनीहरुलाई महाराजगन्जको साम्बला होटल पछाडि जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा व्यापारी, ठेकेदार, मारवाडी समुदायका व्यक्तिहरु रहेका प्रहरी स्रोतले जानकारी दिएको छ ।

प्रकाशित : कार्तिक १०, २०७६ ०८:२८
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

गायक भिटेन पक्राउ 

जनकराज सापकाेटा

काठमाडौँ — 'हामी यस्तै त हो नि ब्रो ...' बोलको र्‍याप गीत गाएर चर्चामा आएका 'भिटेन' भनिने समिर घिसिङलाई महानगरीय प्रहरी अपराध महाशाखाले पक्राउ गरेको छ । 

चर्चामा रहेको उनको गीतमा प्रहरीलाई खिसी गरेको र गाँजा खाने कुरा गरिएको जस्ता सामाजिक मर्यादाविपरीतकोविषयवस्तु रहेको भन्दै उनलाई पक्राउ गरेको महाशाखाले जनाएको छ। महाशाखाका एसएसपी सहकुल थापाले भिटेन पक्राउ परेको र उनीमाथि सार्वजनिक हित विरुद्धको अपराधमा मुद्दा चलाइने तयारी भएको बताए।

प्रहरीले केही दिनअघि मात्रै 'ह्याप्पी तिहार, चिसो बियर...' भन्दै गीत गाएका दुर्गेश थापालाई पनि नियन्त्रणमा लिएर गीतबाट केही शब्द हटाउने सर्तमा छोडीदिएको थियो।

प्रकाशित : कार्तिक ७, २०७६ ११:४६
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
×