कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘हेलो सरकारका गुनासा स्थानीय तहबाटै सम्बोधन’

रासस

काठमाडौँ — सरकारले स्थानीय तहबाट नै जनताका गुनासो सम्बोधन गर्न थालेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतको हेलो सरकार शाखाले ‘हेलो सरकार’को नयाँ सफ्टवेयर पोर्टल जडान गरेसँगै ७५३ वटै तहबाट जनताका गुनासो सम्बोधन हुने गरेका छन् । 

‘हेलो सरकारका गुनासा स्थानीय तहबाटै सम्बोधन’

शाखाका प्रमुख शेखर पौडेलले साउनदेखि नयाँ पोर्टल जडान गरेपछि जनताका गुनासो सम्बन्धित स्थानीय तहबाट नै सम्बोधन हुन थालेको जानकारी दिए । त्यसका लागि हेलो सरकारले सबै स्थानीय तहलाई हेलो सरकारको ‘युजरनेम’ र ‘पासवर्ड’ दिएको छ । उक्त युजरनेममा हेलो सरकारमा आएका गुनासो सम्बन्धित ठाउँका स्थानीय तहमा पठाइन्छ र गुनासोलाई सम्बोधन गरिन्छ ।

“हामीले अब सिधैँ हामी कहाँ आएका गुनासो स्थानीय तहलाई पठाउँछौँ”, उनले भने, “ती गुनासोलाई सम्बन्धित स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत र गुनासो सुन्ने अधिकारीले सम्बोधन गर्नेछन् ।”


पहिले हेलो सरकारमा आएका गुनासोलाई यहाँका कर्मचारीले सम्बन्धित निकायसँगको सहयोगमा सम्बोधन गर्ने गर्दथे । हेलो सरकारले संघीय मन्त्रालय, विभाग, प्रदेश मन्त्रालय र जिल्ला प्रशासन कार्यालयलाई समेत हेलो सरकारको युजरनेम र पासवर्ड दिएको छ । यसले सम्बन्धित निकायमै गुनासो जाने गर्दछ र उनीहरुले नै गुनासोको फछ्र्यौट गर्नेछन् । ती निकायले गुनासो सम्बोधन भएको जानकारी भने हेलो सरकारलाई दिनुपर्ने हुन्छ ।


२०६८ कार्तिक १७ गतेबाट तत्कालीन प्रधानमन्त्री डा बाबुराम भट्टराईले जनताका गुनासो सम्बोधन गर्नका लागि हेलो सरकार सञ्चालनमा ल्याएका हुन् ।

प्रकाशित : कार्तिक ९, २०७६ १४:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?