कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

स्वास्थ्यमा समस्या देखिएपछि महराको बयान स्थगित

कान्तिपुर संवाददाता

काठमाडौँ — जिल्ला अदालत काठमाडौंले बलात्कारको प्रयासको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई थप एक साता थुनामा राखेर अनुसन्धान अघि बढाउन प्रहरीलाई अनुमति दिएको छ । महरालाई थुनामा राखेर अनुसन्धान गर्ने म्याद शुक्रबार सकिँदै थियो ।

स्वास्थ्यमा समस्या देखिएपछि महराको बयान स्थगित

जिल्ला अदालतको आदेशसँगै प्रहरीले महरालाई आगामी शुक्रबारसम्म थुनामा राख्ने अनुमति पाएको छ । तर प्रहरी स्रोतका अनुसार, सकेसम्म तिहारअघि नै मुद्दा चलाउने तयारी भइरहेको छ । प्रहरीले सरकारी वकिलको रोहमा महरासँग बयान लिइसकेको छ । बयानमा उनले आरोप इन्कार गरेका थिए ।

प्रकाशित : कार्तिक ७, २०७६ १८:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?