कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५६

रोकियो संवैधानिक परिषद्को बैठक

संवैधानिक आयोगका पदाधिकारीबारे पूर्वसहमति हुनुपर्ने प्रमुख विपक्षी दलका नेता तथा कांग्रेस सभापति शेरबहादुर देउवाको अडानपछि संवैधानिक परिषद्को बैठक स्थगित भएको छ । 
कान्तिपुर संवाददाता

काठमाडौँ — रिक्त संवैधानिक आयोगका पदाधिकारी नियुक्तिका विषयमा छलफल गर्न मंगलबार साँझ परिषद्को बैठक बोलाइएको थियो । मंगलबार दिउँसो बसेको कांग्रेसको पदाधिकारी बैठकले पूर्वसहमति नभई आयोगहरूमा सदस्यहरू नियुक्त गर्न नहुने निचोड निकालेको थियो ।

बैठक चलिरहेकै बेला देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई फोन गरेर सहमति नगरी संवैधानिक आयोगहरूमा नियुक्ति गरिए आफूहरूलाई मान्य नहुने बताएका थिए । ‘देउवाको फोन आएलगत्तै प्रधानमन्त्रीज्यूले संवैधानिक परिषद्का सदस्यहरूलाई मंगलबारको बैठक स्थागित भएको खबर पठाउनुभयो,’ ओलीनिकट स्रोतले कान्तिपुरसँग भन्यो, ‘अब उहाँ बाकु (अजरबैजान) बाट फर्किएपछि मात्रै आयोगहरूमा नियुक्तिको काम अघि बढ्छ होला ।’


पदाधिकारी बैठकको निर्णयअनुसार देउवाले आयोग पदाधिकारी छनोटका लागि अनौपचारिक छलफल गर्नुपर्ने बताएपछि प्रधानमन्त्रीले विदेश भ्रमणको कारण औंल्याउँदै छलफल गर्न समय अभाव रहेको जवाफ दिए । ‘पदाधिकारी नियुक्तिमा अनौपचारिक सहमति नगरी बैठक बस्नुको अर्थ छैन, पहिला अनौपचारिक छलफल गरेर बैठक बसौं भन्ने धारणा पार्टी सभापतिले राख्नुभएको हो,’ बैठकपछि एक पदाधिकारीले कान्तिपुरसँग भने, ‘बैठक बस्नुअघि प्रतिपक्षले कुन–कुन आयोगमा के–के पाउने भन्ने प्रस्ट हुनुपर्छ ।’


प्रकाशित : कार्तिक ६, २०७६ ०७:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?