कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नक्कली नोट छाप्ने मेसिनसहित तीन दाजुभाइ पक्राउ

कान्तिपुर संवाददाता

काठमाडौँ — नक्कली नेपाली नोट छाप्ने मेसिनसहित तीन जना दाजुभाइ नै पक्राउ परेका छन् । महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले सोमबार गोकर्णेश्वर नगरपालिका–६, नयाँबस्ती (विपुलचोक) बस्ने दोलखाका २८ वर्षीय राजन परियार, ३५ वर्षीय सन्तोष नेपाली र २१ वर्षीय महेन्द्र नेपालीलाई पक्राउ गरेको हो । 

नक्कली नोट छाप्ने मेसिनसहित तीन दाजुभाइ पक्राउ

पक्राउ परेका तीनैजना दाजुभाइका छोरा रहेको खुलेको छ । उनीहरू नक्कली नोट छापिरहेको अवस्थामा नयाँबस्तीस्थित कोठाबाटै पक्राउ परेका हुन् । प्रहरीले ६५५७१० नम्बर उल्लेख भएको १७ थान नक्कली १ हजार रुपैयाँ नोट बरामद गरेको छ । नोटमा अगाडि खाली र हात्ती छाप अंकिततर्फ प्रिन्ट गरिएको १५ थान, ६५५७१० उल्लेखित अगाडि र पछाडि भागका एक/एक पानासहित ३४ हजार नक्कली नोट बरामद गरिएको छ ।


प्रहरीले नगद १६ हजार १ सय ९५ रुपैयाँ तथा १ हजार दरका नोट बनाउन प्रयोग गर्ने चिप्लो कागज १ सय ४२ थान, हजार दरको नोट बनाउने तयारी गरिएको काटेको कागज १ सय ४९ थान, रंगीन फोटोकपी मेसिन, कम्प्युटर २ थान र सियो, क्यामेरा र कैंचीसहितका उपकरण पनि बरामद गरिएको काठमाडौं प्रहरीले जनाएको छ ।


काठमाडौं प्रहरी प्रवक्ता डीएसपी होबिन्द्र बोगटीका अनुसार आरोपितले करिब ६० हजार रुपैयाँ नक्कली नोटबाट सामान खरिद गरिसकेको पनि खुलेको छ । रिचार्ज कार्ड, दैनिक उपभोग्य वस्तुलगायत खरिदमा नक्कली नोटको प्रयोग गरिएको उनले बताए । केही नक्कली नोट बजारबाटै नियन्त्रणमा लिइएको र बाँकी पनि छिट्टै फेला पारिने डीएसपी बोगटीको भनाइ छ ।

प्रकाशित : कार्तिक ४, २०७६ २१:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?