कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५१

राष्ट्रपति भण्डारी र जापानी प्रधानमन्त्री अबेबीच भेट

कान्तिपुर संवाददाता

काठमाडौँ — जापानको मैत्रीपूर्ण भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार जापानका प्रधानमन्त्री सिन्जो अबेसँग दुईपक्षीय वार्ता गरेकी छन् ।

राष्ट्रपति भण्डारी र जापानी प्रधानमन्त्री अबेबीच भेट

परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार भेटमा पूर्वाधार विकास, व्यापार प्रवर्द्धन, लगानीमा बढावा, मानव संशाधनको विकास, पर्यटन प्रबर्द्धनसहित अन्य विषयमा दुईपक्षीय कुरा भएको थियो ।


राष्ट्रपति भण्डारीले जापानी सम्राट नारुहितोको राज्याभिषेकको अवसरमा जापान सरकार र जापानी जनतालाई शान्ति, समृद्धि र सुखी नयाँ ‘रेइवा एरा’ को बधाई दिइन् । उनले जापानमा गएको विनाशकारी आँधी ‘हजिबिस’ मा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गरिन् ।


अबेले सामाजिक–आर्थिक विकासमा जापान सरकारले नेपाललाई निरन्तर सहयोग दिइरहने प्रतिबद्धता व्यक्त गरे । नेपालको व्यापार घाटा कम गर्न पनि सहयोग गर्ने उनले राष्ट्रपति भण्डारीसँग बताए ।

प्रकाशित : कार्तिक ४, २०७६ १९:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?