कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

उपचुनाव तयारीमा जुट्न राप्रपाको निर्देशन

कान्तिपुर संवाददाता

काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टीले मंसिर १४ गते हुने उपनिर्वाचनको तयारी अघि बढाउन सम्बन्धित जिल्ला र मातहतका पार्टी समितिलाई निर्देशन दिएको छ ।

उपचुनाव तयारीमा जुट्न राप्रपाको निर्देशन

कमल थापाको अध्यक्षतामा सोमबार बसेको केन्द्रीय पदाधिकारी तथा विभागीय प्रमुखहरूको संयुक्त बैठकले मातहतका पार्टी समितिलाई १५ दिनभित्र पूर्णता दिन र उपनिर्वाचनको तयारीमा जुट्न निर्देशन दिएको हो ।


मंसिर १४ मा प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा रिक्त ५२ पदका लागि उपनिर्वाचन हुँदै छ ।


बैठकले राष्ट्रिय स्वाभिमान यात्रा सम्पन्न हुन बाँकी रहेका जिल्लामा तिहारलगत्तै यात्रा प्रारम्भ गर्ने निर्णयसमेत गरेको पार्टीले जनाएको छ ।

प्रकाशित : कार्तिक ४, २०७६ १९:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?