कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आचार्यद्वारा थिम्पुमा ओहोदा प्रमाणपत्र

कान्तिपुर संवाददाता

काठमाडौँ — भुटानका लागि सहप्रमाणीकरण जिम्मेवारी रहेका भारतका लागि राजदूत नीलाम्बर आचार्यले थिम्पुमा राजा जिग्मे केशर नाम्ग्यालसमक्ष बिहीबार ओहोदाको प्रमाणपत्र बुझाएका छन् ।

उक्त अवसरमा राजा नाम्ग्यालले नेपाल र नेपाली जनतासँग भुटानको निकटवर्ती सम्बन्ध रहेका बताएका थिए ।


दिल्ली दूतावासबाट जारी गरिएको विज्ञप्तिअनुसार उक्त अवसरमा राजदूत आचार्यले भुटानसँगको द्विपक्षीय सम्बन्धको चर्चा गर्दै भुटानबाट नेपालको उच्चस्तरीय भ्रमणको अपेक्षा गरिएको बताएका थिए ।

प्रकाशित : कार्तिक १, २०७६ २०:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?