कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

उपनिर्वाचनको उम्मेदवारी दर्ता कार्तिक २१ गते

राजेश मिश्र

काठमाडौँ — निर्वाचन आयोगले उपनिर्वाचनका लागि कार्तिक २१ गते मनोनयन दर्ताको समय तोकेको छ । मंसिर १४ गते उपनिर्वाचन हुँदैछ ।

उपनिर्वाचनको उम्मेदवारी दर्ता कार्तिक २१ गते

प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनका लागि आयोगले कार्तिक २१ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्मको उम्मेदवारी दर्ताको समय तोकेको हो । सम्बन्धित जिल्ला सदरमुकाममा उम्मेदवारी दर्ता हुने आयोगले जनाएको छ ।


यस्तै, स्थानीय तहका लागि कार्तिक २७ गतेको समय तोकेको छ । स्थानीय तहका लागि सम्बन्धित स्थानीय तहमै उम्मेदवारी दर्ता हुने व्यवस्था मिलाइएको आयोगले जनाएको छ ।

उपनिर्वाचनले सातवटै प्रदेशलाई छुने भएको छ । निर्वाचन आयोगका अनुसार उपनिर्वाचन हुने वडाहरू सबै प्रदेशमा छन् ।

प्रतिनिधिसभातर्फ कास्की– २, प्रदेशसभातर्फ बागलुङ २(२), भक्तपुर १(१) र दाङको ३(२) निर्वाचन क्षेत्रमा उपनिर्वाचन हुँदैछ । त्यस बाहेक ४२ स्थानीय तहमा उपनिर्वाचन हुन लागेको हो ।

प्रकाशित : कार्तिक १, २०७६ १६:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?