कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सांसद साहविरुद्ध मुद्दा अदालतमा

कान्तिपुर संवाददाता

जनकपुर — बुद्ध एयरको काउन्टर तोडफोड गरेको आरोपमा पक्राउ परेका प्रतिनिधिसभाका सांसद प्रमोद साहबिरुद्ध चलाइएको मुद्दा जिल्ला अदालतमा बिहीबार पेस गरिएको छ । अदालतमा शुक्रबार थुनछेकको बहस हुनेछ । 

सांसद साहविरुद्ध मुद्दा अदालतमा

काठमाडौं उड्न सोमबार जनकपुर विमानस्थल पुगेका सांसद साहले जहाज ढिलो भएको झोकमा बुद्ध एयरको काउन्टरमा लात्ती प्रहार गरेका थिए । उनलाई मंगलबार प्रहरीले पक्राउ गरेर जनकपुर ल्याएको थियो । बुधबार जिल्ला अदालतले अनुसन्धानका लागि प्रहरीलाई ४ दिनको म्याद दिएको थियो । म्याद सकिन दुई दिन बाँकी छँदै जिल्ला प्रहरी कार्यालय, धनुषाले तोडफोड मामिलामा सबै अनुसन्धान सकेको छ ।


प्रहरीले बुझाएको अनुसन्धानको फाइल र सांसद साहसित लिइएको बयानलाई आधार बनाएर बिहीबार अदालतमा मुद्दा पेस गरिएको सरकारी वकिल कार्यालयका प्रवक्ता शान्ति बरालले बताए । उनले सांसद साहविरुद्ध हवाई यातायातसँग सम्बन्धित व्यक्तिको सुरक्षाविरुद्धको कसुरमा मुद्दा दायर गरिएको बताए ।

प्रकाशित : कार्तिक १, २०७६ ०८:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?