कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विद्यालयको पर्खाल खस्दा छात्राको मृत्यु 

श्यामसुन्दर शशि

जनकपुर — जनकनन्दनी गाउँपालिका ४ खजुरीमा अवस्थित केएसएचएसवी उच्च माध्यमिक विद्यालयको कक्षाकोठाको पर्खाल खस्दा एक छात्राको मृत्यु भएको छ । बिहीबार मध्यान्ह पर्खाल खस्दा कक्षा १ मा अध्ययनरत चञ्चला सदाको मृत्यु भएको हो ।  

विद्यालयको पर्खाल खस्दा छात्राको मृत्यु 

प्रधानाध्यापक रामकिशोर यादवका अनुसार शिशु कक्षा सञ्चालन हुँदै आएको पुरानो सेडको पर्खाल खसेको हो । पर्खाल खस्दा ५ वर्षीय मोहम्मद समीर साफी सख्त घाइते भएको उनले बताए ।


पर्खाल खसेर लागेपछि सिकिस्त बनेपछि उपचारका लागि जनकपुर अञ्चल अस्पताल ल्याइएको थियो । चञ्चालको अस्पताल ल्याउने क्रममा मृत्यु भएको थियो भने अर्का घाइते सकूललाई सघन उपचारका लागि विराटनगर पठाइएको छ ।


प्रअ यादवका अनुसार घन्टी सकेर अर्को घन्टी सुरु हुनेबीचमा दुर्घटना भएको थियो । जापान सरकारको सहयोगमा निर्मित पुरानो सेडको पर्खालको एक भाग भत्केर दुर्घटना भएको उनले जानकारी दिए ।


घटना लगत्तै आक्रोशित स्थानीयवासी विद्यालयलाई घेराउ गरेका छन् । जीर्ण विद्यालय भवनमा अध्ययन अध्यापन गरेर शिक्षकहरुले बालबालिकाको जीवनसँग खेलवाड गरेको आरोप स्थानीयवासीको छ ।

प्रकाशित : आश्विन ३०, २०७६ १७:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?