१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५१

मिर्गौला तस्करीको आरोपमा निदान अस्पतालका सीईओ र चिकित्सकसहित पाँचजना पक्राउ

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल प्रहरीको मानव बेचविखन अनुसन्धान ब्यूरोले ललितपुरको पुल्चोकस्थित निदान अस्पतालमा एक व्यक्तिको नाममा अर्कै व्यक्तिको मिर्गौला झिकी किनबेच तथा प्रत्यारोपण गरेको आरोपमा अस्पतालका सीईओ र एकजना चिकित्सकसहित ५ जनालाई पक्राउ गरेको छ ।

मिर्गौला तस्करीको आरोपमा निदान अस्पतालका सीईओ र चिकित्सकसहित पाँचजना पक्राउ

ब्यूरोका अनुसार पक्राउ पर्नेमा अस्पतालका सीईओ बिपेन्द्र प्रधान, अस्पतालका कानुनी सल्लाहकार कुमार भट्टराई, चिकित्सक डा. राजेश पन्त, जिल्ला प्रशासन कार्यालय ललितपुरका शाखा अधिकृत रामचन्द्र आले र मिर्गौला ग्रहण गर्ने बिरामी शंकरलाल लामा रहेका छन् ।


उनीहरुलाई मानव बेचविखन तथा ओसारपसार (नियन्त्रण) ऐन २०६४ अनुसार अनुसन्धानका लागि हिरासतमा लिइएको ब्यूरोले बताएको छ । ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक गोविन्द थपलियाका अनुसार मिर्गौला ग्रहण गरेका बिरामी शंकरलाल लामाले नै काभ्रे स्थायी घर भएका एक व्यक्तिलाई नक्कली नाता लगाई मिर्गौला प्रत्यारोण गर्नका लागि कागजपत्र तयार पारेको देखिएको छ । यस्तै पीडितको खातामा तीन लाख रकम हालिएको समेत पुष्टि भएको छ ।

'हामीले अहिले प्रत्यरोपणका लागि स्विकृती प्रदान गर्ने समितिका पदाधिकारी र ग्रहण गर्ने व्यक्तिलाई मात्रै पक्राउ गरेर अनुसन्धान गरिरहेका छौं । अरुको पनि संलग्नता देखिए सोही अनुसार प्रकृया अगाडि बढाउँछौं,' उनले भने ।

प्रकाशित : आश्विन २९, २०७६ १७:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

'फेक न्युज' उत्पादन गरी प्रकाशित प्रसारित गर्ने मौलाउँदो प्रबृत्ति नियन्त्रणका लागि मुख्य रुपमा के गर्नुपर्छ ?