कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गाईगोरु संरक्षण गर्न आदेश

कान्तिपुर संवाददाता

काठमाडौँ — सर्वोच्च अदालतले राष्ट्रिय जनावर गाईका बाच्छाबाच्छीको संरक्षणमा ध्यान दिन सरकारका नाममा परमादेश जारी गरेको छ । गाईगोरु र बाच्छाबाच्छीको संरक्षण हुनुपर्ने माग राखी दायर गरिको रिट निवेदनको सुनुवाइपछि सर्वोच्चले प्रदेश र स्थानीय तहको सहकार्यमा पशु संरक्षणको व्यवस्था मिलाउन निर्देशनात्मक आदेश जारी गरेको हो ।

गाईगोरु संरक्षण गर्न आदेश

गाईका बाच्छाबाच्छीको संरक्षणमा समस्या देखिएको भन्दै सर्वोच्च अदालतका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले किसानले पालेका पशुपन्छीको तथ्यांक संकलन गर्न, सबै पशुको पहिचान हुन सक्ने गरी ‘ट्यागिङ’ गर्न र उनीहरूका समस्या पहिचान गर्न आदेश जारी गरेको छ ।


सर्वोच्चले किसानलाई गाईगोरुको बिमाका लागि प्रोत्साहित गर्न तथा लाग्ने खर्चको निश्चित भाग अनुदानका रूपमा सहयोग गर्नसमेत सरकारलाई आदेश दिएको छ । गाईगोरुको अवैध सीमा वारपारको समस्या रोक्न आदेश दिँदै सर्वोच्चले अस्थायी स्यहार केन्द्र खोली छाडा छाडिएका गाईबस्तुको स्याहारसम्भारको व्यवस्था मिलाउन पनि भनेको छ ।


हरेक स्थानीय तहमा सार्वजनिक जग्गा संरक्षण गरी गौचरण व्यवस्था गर्न र सामुदायिक वनमा घाँसे बिरुवा रोप्न सुझाव दिँदै सर्वोच्चले व्यावसायिक रूपमा उपयोगी नश्लका गाईगोरु पाल्न र वृद्ध पशुको स्याहारका लागि किसानलाई अनुदानको व्यवस्था मिलाउन आदेश जारी गरेको छ । ‘गाईगोरुको हत्यामा कसैको नियत, हेलचक्र्याइँ, लापरबाही वा उपेक्षा देखिए कानुन बमोजिम कारबाहीसमेत हुन सक्ने विषयलाई प्रचारप्रसार गर्नुका साथै नियतवश गरेको भेटिए कारबाहीसमेत गर्नुपर्ने’ फैसलामा भनिएको छ ।


अधिवक्ता पदमबहादुर श्रेष्ठले जथाभावी रूपमा गाईगोरुको हत्या भएको र कतिपय अवस्थामा बूढा भएपछि छाडा छाडिएको भन्दै तिनीहरूको संरक्षणमा आदेश जारी हुनुपर्ने माग राखी सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका थिए ।

प्रकाशित : आश्विन २८, २०७६ २०:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?