कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

महरा विरुद्धको आरोपमा बहस जारी

मातृका दाहाल

काठमाडौँ — बलात्कार प्रयासको आरोपमा प्रहरी हिरासतमा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महराको पक्षमा वरिष्ठ अधिवक्ता रमण श्रेष्ठसहितका कानुन व्यवसायीले बहस गरेका छन् ।

महरा विरुद्धको आरोपमा बहस जारी

मंगलबार प्रहरीले महरालाई थुनामा राखेर अनुसन्धान गर्ने तयारीसहित म्याद थपका लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराएकोमा अहिले म्याद थप सम्बन्धि बहस जारी छ ।

सरकारी वकिलले महरालाई १३ थुनामा राख्न माग राखेका छन् । असोज १९ गते पक्राउ परेका महरालाई प्रहरीले सरकारी कार्यालय बन्द हुँदा त्यसको १० दिनपछि मात्रै अदालतमा उपस्थित गराएको हो ।


महरालाई नर्भिक अस्पतालबाट महानगरीय प्रहरी वृत सिंहदरबारले जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौं हुँदै अदालतमा पेश गरेको हो ।

प्रकाशित : आश्विन २८, २०७६ १५:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?