कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बीआरआई निर्माण गर्न नेपाल महत्वपूर्ण सहयात्री : चीन

कान्तिपुर संवाददाता

काठमाडौँ — चीनले दक्षिण एसियामा बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) लाई संयुक्त रूपमा निर्माण गर्न नेपाल महत्वपूर्ण सहयात्री रहेको बताएको छ ।

बीआरआई निर्माण गर्न नेपाल महत्वपूर्ण सहयात्री : चीन

नेपालको दुई दिने राजकीय भ्रमण गरि चीनका राष्ट्रपति सि चिनफिङ आइतबार स्वदेश फर्केपछि चीनको यस्तो धारणा आएको हो ।


सीको भ्रमणलाई लिएर चीनका स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यीले सिन्हवासँग कुरा गर्दै नेपाल र चीन दुवै मुलुकले एक अर्कोलाई सहयोग र विश्वास गरेको बताए । उनले सीको यो भ्रमणले दुई मुलुकबीचको सम्बन्धलाई नयाँ उचाईमा पुर्‍याएको समेत बताएका छन् ।


उनले नेपाल र चीन बीच विकास र समृद्धिको लागि रणनीतिक सहकार्य समेत उल्लेख गरेका छन् । वाङले नेपालले आफ्नो भूमिमा चीनविरूद्ध कुनै किसिमको गतिविधि हुन नदिने प्रतिबद्धता गरेको समेत बताएका छन् । ‘जे जस्तो भए पनि चीनसँगको नेपालको नीति परिवर्तन हुदैन,’ वाङलाई उल्लेख गर्दै सिन्हवाले उल्लेख गरेको छ ।


वाङले दुई मुलुकले बीच ‘ट्रान्सहिमालयन मल्टी–डाइमेन्सनल कनेक्टिभिटी नेटवर्क’ (हिमालय बारपार बहुआयामिक सम्पर्क सञ्जाल) का परियोजनाहरुलाई छिटो अघि बढाउने बताएका छन् । उक्त सञ्जाल अन्तरगत बन्दरगाह, सडक, रेलमार्ग, हवाई, सञ्चार र अन्तरदेशीय रेलमार्गको प्रारम्भिक अध्ययनको गरिने घोषणा गरिएको वाङले बताएका छन् ।


नेपाल उत्रनु अघि सीले अर्को छिमेकी राष्ट्र भारतको भ्रमण गरेका थिए । वाङले भारत भ्रमणमा ‘चीन–भारत प्लस’ सहकार्यलाई अघि बढाउन खोजेको बताएका छन् । वाङले भारत र नेपाल दुवैको भ्रमणले दक्षिण एसियाका छिमेकी बीचमा राम्रो सम्बन्ध विस्तार गर्न सहयोग पुगेको उल्लेख गरेका छन् ।


उनले भारत र पाकिस्तानलाई लिएर अन्तर्राष्ट्रिय क्षेत्रमा ध्यानाकर्षण भएको उल्लेख गर्दै दुई मुलुक मिलेर अगाडि बढ्नु पर्ने बताएका छन् । वाङले भारत र पाकिस्तान दुवै चीनको असल मित्र भएको उल्लेख पनि गरेका छन् ।

प्रकाशित : आश्विन २७, २०७६ २१:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?