कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एनआरएनए विश्व सम्मेलनको तयारी पूरा

कान्तिपुर संवाददाता

काठमाडौँ — गैरआावासीय नेपाली संघ(एनआरएनए)को नवौ विश्व सम्मेलन तथा महाधिवेशनको तयारी पूरा भएको छ । एनआरएनले सोमबार आफ्नै भवनमा आयाजित पत्रकार सम्मेलनमा सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

एनआरएनए विश्व सम्मेलनको तयारी पूरा

‘म मेरो एनआर एनए र मेरो नेपाल’ मूल विषयमा आधारित भएर नेपाल सरकार, उद्योग वाणिज्य महासंघ र एनआरएनएको संयुक्त आयोजनामा यही असोज २८ देखि ३० गतेसम्म नवौँ अर्न्तराष्ट्रिय सम्मेलन हुँदैछ । ।


सम्मेलनले नेपालको समृद्धिको यात्रामा दिशानिर्देश हुने एजेण्डामा बृहत छलफल हुने बताइएको छ ।


सम्मेलनमा ८१ मुलुकका गैर आवासीय नेपाली प्रतिनिधिहरु, स्वदेशी/विदेशीको सहभागीता रहने आयोजकले जनाएको छ । ती मुलुकबाट करिब २ हजार ५ सयको सहभागिता रहने एनआरएनएले जनाएको छ ।

प्रकाशित : आश्विन २७, २०७६ १६:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?