कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रौतहटमा युवकको गोली हानी हत्या 

शिव पुरी

रौतहट — जिल्लाको इशनाथ नगरपालिकामा आइतबार साँझ एक युवकको गोली हानेर हत्या भएको छ । मृतकको सनाखत हुन सकेको छैन ।

रौतहटमा युवकको गोली हानी हत्या 

इशनाथ नगरपालिका-६ घिउराबाट जयनगरतर्फ जाने बाटोमा क्रान्ति प्राथमिक विद्यालय स्कुल नजिकै एक युवकमाथि गोली प्रहार भएको जिल्ला प्रहरीका डीएसपी नविन कार्कीले बताए ।


भारतीय नम्बरको मोटरसाइकलमा राखेर ल्याइएका ती युवकलाई गोली प्रहार गरी पुनः भारततर्फ फर्किएको प्रहरीले जनाएको छ ।


मृत्यु भएका युवकको पहिचान खुल्न सकेको छैन । भारतबाट आएकाहरुले उतैको नागरिकको हत्या गरेर फरार भएको हुन सक्ने प्रहरीको आशंका छ ।


प्रहरीका अनुसार मृतक अन्दाजी २५ वर्षका छन् । मृतकको साथबाट उनको पहिचान हुने कुनै वस्तु फेला नपरेको प्रहरीले बताएको छ । हत्यामा प्रयोग भएको गोलीको खोका अत्याधुनिक हतियारको भएको डीएसपी कार्कीले जानकारी दिए ।


घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनायो ।

प्रकाशित : आश्विन २६, २०७६ १९:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?