कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चीनलाई विभाजन गर्ने प्रयासलाई निष्फल तुल्याइने छ : राष्ट्रपति सी

नेपाल सदैव एक चीन नीतिप्रति कटिवद्ध : प्रधानमन्त्री ओली
सिन्हवा

काठमाडौँ — चिनियाँ राष्ट्रपति सी चिनफिङले चीनलाई विभाजन गर्न खोज्ने जो–कोहीको प्रयासलाई विफल बनाइने बताएका छन् । आइतबार नेपालको दुईदिने राजकीय भ्रमण सकेर स्वदेश फर्कनुअघि प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटमा चीनलाई विभाजन गर्नका लागि सहयोग पुर्‍याइरहेका बाह्य शक्तिलाई पनि चिनियाँ जनताले निस्तेज पारिदिने बताएका हुन् ।

चीनलाई विभाजन गर्ने प्रयासलाई निष्फल तुल्याइने छ : राष्ट्रपति सी

राष्ट्रपति सीको भनाइलाई समर्थन जनाउँदै प्रधानमन्त्री ओलीले नेपाल सदैव एक चीन नीतिप्रति कटिवद्ध रहेको र चीनको सार्वभौमिकता तथा भौगोलिक अखण्डता जोगाउन नेपालले दह्रोसँग समर्थन गर्ने जवाफ दिएका थिए ।


ओलीले नेपाली भूमिबाट चीनविरुद्ध कुनै पनि शक्तिलाई विभाजनकारी गतिविधि गर्न नदिने प्रतिवद्धतासमेत व्यक्त गरेका थिए ।


प्रकाशित : आश्विन २६, २०७६ १४:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?