कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

राष्ट्रपति भण्डारीले गरिन् चिनियाँ समकक्षी सीलाई स्वागत 

कान्तिपुर संवाददाता

काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ समकक्षी सी चिनफिङलाई त्रिभुवन विमानस्थलमा स्वागत गरेकी छन् । भारतको चेन्नाइबाट आज दिउँसो करिव १ बजेर ५० मिनेटमा उडेका सी त्रिभुवन विमानस्थल पौने ५ बजे ओर्लिएका थिए ।

राष्ट्रपति भण्डारीले गरिन् चिनियाँ समकक्षी सीलाई स्वागत 

दुई दिने राजकीय भ्रमणमा नेपाल आएका राष्ट्रपति सीलाई समकक्षी भण्डारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार ५ बजेर १२ मिनेटमा स्वागत गरेकी हुन् ।

राष्ट्रपति भण्डारीसँगै उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली लगायत विशिष्ट पदाधिकारीहरुले सीलाई विमानस्थलमै स्वागत गरेका थिए ।

सी विमानस्थलबाट सोल्टी होटल जाने छन् ।

प्रकाशित : आश्विन २५, २०७६ १७:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?