टीका थाप्न हिँड्नेको लर्को

शब्द/तस्बिर : कबिन अधिकारी

काठमाडौँ — विजयादशमीको भोलीपल्ट एकादशीको दिन आफन्तहरु कहाँ टीका थाप्न जाने मानिसहरुको भीड बढेको छ । दशमीको दिनको तुलनामा आज गाडीहरु पनि धेरै चलेका छन् । दशमीमा टीका थाप्न नभ्याउनेहरु कोजाग्रत पूर्णिमाको दिनसम्म टीका लगाउने चलन छ ।

प्रकाशित : आश्विन २२, २०७६ ०८:५१

ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

प्रधानमन्त्री निवास अगाडि नेविसंघको सिठ्ठी जुलुस, केही कार्यकर्ता पक्राउ

शब्द/तस्बिर : कबिन अधिकारी

काठमाडौँ — नेपाली कांग्रेसकाे भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले प्रधानमन्त्री निवास बालुवाटारको तीन नम्बर गेट अगाडि मंगलबार बिहान सिठ्ठी जुलुस निकालेर विरोध प्रदर्शन गरेका छन् ।

निर्मला पन्तको हत्यारालाई कारवाही, अनसनरत डा. गोविन्द केसीको माग सम्बोधन गर्नुपर्ने लगायतका माग गर्दै विरोधमा उत्रिएका कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेहरुमा सुशील भट्ट, गणेश सापकोटा, निरन्जन थापा, रमेश बस्ताकोटी लागयतका छन् ।

प्रहरीले लगभग २० जना कार्यकर्ताहरुलाई नियन्त्रणमा लिएर ट्रकमा हालेर लगेको थियो।


प्रकाशित : माघ १५, २०७५ १३:५७
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×