कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पूर्व अर्थसचिव रामेश्वर खनाललाई पत्नी शोक

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालको पहिलो महिला स्टक ब्रोकर तथा पूर्व अर्थसचिव रामेश्वर खनालकी पत्नी सुचित्रा खनालको क्यान्सरका कारण मंगलबार बिहान नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा निधन भएको छ ।

पारिवारिक स्रोतका अनुसार उनको बिहान ६:१५ बजे तिर निधन भएको हो । विगत १५ महिना अघि स्तन कान्सर देखिएपछि त्यसको उपचार गराउँदै आएकी उनलाई २० दिन यता अस्पताल भर्ना गरिएको थियो । उनको भारतको मुम्बईस्थित टाटा मेमोरियल तथा दिल्लीको मेदान्ता अस्पतालमा समेत उपचार गरिएको थियो ।


प्रकाशित : आश्विन २१, २०७६ ०८:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?