कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

त्रिविको १९ औं उपकुलपतिका लागि तीनजनाको नाम सिफारिस, डा. भगवान कोइराला एक नम्बरमा

सुदिप कैनी

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयको १९ औं उपकुलपति चयन गर्नका लागि गठित नाम सिफारिस समितिले तीनजनाको नाम सिफारिस गरेको छ । समितिले पहिलो नम्बरमा डा. भगवान कोइराला, दोस्रोमा डा. धर्मकान्त बास्कोटा र तेस्रोमा चन्द्रमणि पौडेलको नाम सिफारिस गरेको शिक्षामन्त्रालयका उपसचिव पुष्प ढकालले जानकारी दिए ।

त्रिविको १९ औं उपकुलपतिका लागि तीनजनाको नाम सिफारिस, डा. भगवान कोइराला एक नम्बरमा

स्रोतका अनुसार सुरुमा उपकुलपतिका लागि डा. कोइरालाले इच्छा नदेखएको भनिएपनि पछिल्लो समय शिक्षामन्त्री गिरीराजमणी पोखरेलसँग भेटघाट र छलफल भएपछि उनी सकारात्मक भएका छन् । उनी उपकुलपति हुन सकारात्मक भएकैले नाम सिफारिस गरिएको स्रोतले बतायो ।


डा. कोइराला मुटु शल्यचिकित्सक हुन् भने डा. बास्कोटा ईएनटी विशेषज्ञ हुन् । चन्द्रमणी पौडेल भने राष्ट्रिय परिक्षा बोर्डको अध्यक्ष हुन्, उनी त्रिविकै पूर्व रेजिस्ट्रार समेत थिए ।


शिक्षामन्त्रीको अध्यक्षतामा साउन २० गते उपकुलपतिको नाम सिफारिस समिति गठन भएको थियो । समितिमा व्यवस्थापन संकायको डिन, डिल्लीराम शर्मा र मेची क्याम्पस झापाका क्याम्पस प्रमुख कमलप्रसाद गुरागाइँ सदस्य थिए ।


तीर्थ खनियाँको कार्यकाल सकिएपछि प्रधानमन्त्री तथा कुलपतिले उपकुलपति नाम सिफारिस समिति गठन गरेका थिए । समितिले सिफारिस गरेका मध्येबाट कुलपतिले एकजना चयन गर्ने व्यवस्था छ ।


हाल २ महिनादेखि सुधा त्रिपाठीले त्रिविको उपकुलपतिको जिम्मेवारी सम्हालेकी छन् । समितिले उनको पनि नाम सिफारिस गर्ने अनुमान भएपनि त्यसो हुन सकेन ।


प्रकाशित : आश्विन १७, २०७६ १०:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?