कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हराउँदै पिङ

एलिसा श्रेष्ठ

भोजपुर — दसैंको महत्व जे जस्तो रहेको भएपनि यस चाड सँगै जोडिएको अर्को रमाईलो र महत्वपूर्ण पक्ष भनेको पिङ पनि हो । तर, भोजपुरको गाउँगाउँमा पिङ थाप्ने चलन भने हराउँदै गएको छ ।

हराउँदै पिङ

केही वर्षअघिसम्म गाँउघर तथा टोलटोलमा समेत बन्ने गरेका पिङ यतीबेला कमै मात्र बन्ने गरेका छन् ।केही वर्ष अघिसम्म दसैं सुरु हुनु पहिले नै भोजपुरका विभिन्न स्थानमा पिङ हाल्न मानिसहरु व्यस्त हुने गर्थे । अहिले गाउँघरमा पिङ देखिन छाडेको छ । दसैंको सुरुवातदेखि थापेको पिङ तिहारसम्मै राखिन्थ्यो ।


पछिल्ला दिनहरुमा आएर बढ्दो आधुनिकता सँगै मनोरञ्जनकालागि थुप्रै साधन थपिँदै जानु र स्थान, समय र आवश्यक कच्चा पदार्थहरुको समेत अभाव हुनथालेपछि गाँउ घर तिर कमै मात्र लिंगे पिङ बनाउन थालिएको षडानन्द नगरपालिका–९, किमालुंका बुद्दप्रसाद तामाङले बताए ।


दसैंमा एकपटक भएपनि जमिन छाड्नुपर्छ भन्ने मान्यता छ । वर्षभरी शहर बजारको रमझममा हराएपनि दसैंमा गाँउघर जाने, परिवार र पुराना साथीभाई भेटघाट र पिङ खेल्ने चाहना सबैको रहेको हुन्छ । खासगरी मनोरञ्जनकालागि बनाइने पिङ दसैंको प्रतिकका रुपमा विकसित हुँदै आइरहेको हो ।


रोजगारकालागि युवाहरु विदशीएका कारण पिङ थाप्ने जनशक्ति नै गाउँमा नभएको र नयाँ पिङ प्रतिको चासो घट्दै गएको स्थानिय बताउँछन् । पिङ थाप्नको लागि बाबियो काटेर ल्याउने, लठ्ठाबनाउने देखि लिएर बाँस तयार गरी लिंगो जोड्न कम्तिमापनि ५—८ जनाको आवश्यकता पर्ने गर्दछ ।


प्रकाशित : आश्विन १६, २०७६ १५:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?