कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

स्थिर कोमाका बिरामी लैजाऊ : कतार

होम कार्की

काठमाडौँ — कतारको हमाद मेडिकल कर्पोरेशनले स्थिर अवस्थामा रहेका कोमाका बिरामीलाई नेपाल फर्काउन पुनः नेपाली दूतावासलाई अनुरोध गरेको छ । हमादले आफ्नो अनुरोधलाई स्वीकार नगरेमा माथिल्लो तहबाट पहल थाल्ने बताएको छ । हमादमा १६ जना नेपाली स्थिर कोमामा छन् ।

स्थिर कोमाका बिरामी लैजाऊ : कतार

हमाद मेडिकल कर्पोरेशनको जनसर्म्पक र बजार विभागका सहायक कार्यकारी निर्देशक साद अल दोसरी र काउन्सेलर लक्ष्मण खनालको नेतृत्वको बीचको बैठमा लामो समयसम्म हेरचाह गर्नुपर्ने बिरामीलाई राख्ने स्थान नभएको भन्दै तुरुन्तै लैजाने प्रबन्ध मिलाउन दूतावासलाई आग्रह गरेको हो । हमादको आग्रहपछि सरकारसँग छलफल गरी दूतावासले जवाफ दिने बताएको छ ।


‘अस्पतालको क्षमता सिमित भएको तथा नयाँ बिरामीको चाप बढेको हुनाले स्थिर अवस्थामा रहेका नेपाली बिरामीलाई नेपाल लैजाने व्यवस्थाका लागि सहजीकरण गरिदिन दूतावासलाई पुन: अनुरोध गरेको छ,’ दूतावासले परराष्ट्र मन्त्रालयलाई पठाएको पत्रमा भनिएको छ,‘ दूतावासलाई निरन्तर अनुरोध गर्दा समेत यस विषयमा ठोस प्रगति हुन नसकेको र दूतावासबाट यस विषयमा प्रगति नभए माथिल्लो स्तरमा कुराकानी गर्नुपर्ने बाध्यता आइपर्नेछ ।’ नेपाल सरकारलाई ती बिरामीलाई नेपालको उपयुक्त अस्पतालमा सिट उपलब्ध गराइदिन अनुरोध गरिएको छ ।


हमादले बिरामीलाई नेपाल लैजान लाग्ने खर्च, एक हप्तासम्म लाग्ने अस्पतालको खर्च, चाहिने मेडिकल सामग्री र एक महिनासम्मको औषधीको खर्च अस्पतालले कम्पनीसँग समन्वय व्यवस्थापन गरेको छ ।


हमाद मेडिकल कर्पोरेशनमा कोमामा रहेका झापाका श्रीबहादुर नेवाङ ।

हमादले कोमा बिरामीका परिवारलाई सिधै सर्म्पक गरेको थियो । तर, परिवारबाट आवश्यक समन्वय र सहयोग नपाएको भन्दै दूतावासलाई दबाब बढाएको हो । हमादले बिरामीलाई तत्काल नेपाल लैजान सकिने, परिवारको अख्तियारनामा प्राप्त पश्चात नेपाल लैजान सकिने र आपांगताको अन्तिम प्रतिवेदन आइसकेपछि नेपाल लैजान सकिने भन्दै तीन तहमा वर्गीकरण गरेको छ ।


तत्काल नेपाल लैजान सकिने बिरामीमा राजाराम चमार, भीमबहादुर थापा मगर, छविराज आले, अभिषेक कुमाल, दिनेश कुमार चौधरी र श्याम पसी रहेका छन । यी बिरामीको मेडिकल मुद्दा र बिमा छैन । उनीहरुका कम्पनीले उपदान, बिरामी बिदा र तलबको रकम दिन मात्रै जिम्मेवार हुने बताइएको छ ।


परिवारको अख्तियारनामा प्राप्त भएपछि लिलाराम सापकोटा, देवेन्द्रकुमार थापा, ओमबहादुर खुमहाल, सर्वेन्द्र घिसिङ र दिनेशकुमार राई हुन् । सापकोटा सडक दुर्घटनामा परेका हुन् । खुमहाल, घिसिङ र राई कार्यस्थलमा दुर्घटना भई गम्भीर अवस्थामा छन् । यी बिरामीको अपांगतासम्बन्धी अन्तिम स्वास्थ्य प्रतिवेदन तयार भइसकेको छ । जसको बिमाको प्रतिशत तोकिएको छ । परिवारबाट अख्तियारनामा हालसम्म प्राप्त भइसकेको छैन । अख्तियारनामा प्राप्त भएपछि बिरामीको उपस्थितिबिना नै दूतावासले बिमाको लागि प्रक्रिया अगाडि बढाउन सक्नेछ ।


कार्यास्थल र सडक दुर्घटनामा परी अपांगता भएका भरतराम लावङ, सुवेन्द्र घिसिङ, मनराज डाँगी लियामत कवारी र उपेन्द्र पाश्वानको अपांगताको अन्तिम प्रतिवेदन आइसकेको छैन । यी रिपोर्टको लागि बिरामी आफैँ उपस्थिति हुर्नुपर्नेछ । बिमा दाबीका गर्नको लागि स्वास्थ्य प्रतिवेदन प्राप्त नभएसम्म कतारमै रहनुपर्ने दूतावासले जनाएको छ । १० वर्षदेखि कोमामा रहेका झापाका श्रीबहादुर नेवाङको समेत अन्तिम स्वास्थ्य रिपोर्ट प्राप्त भइसकेको छैन । उनको दुर्घटनाको प्रहरी प्रतिवेदन, मेडिकल रिपोर्ट प्राप्त नभएकोले कतारमै राखिएको हो ।

प्रकाशित : आश्विन १५, २०७६ १९:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?