कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

महराको विषयमा छलफल गर्न नेकपा सचिवालय बैठक बस्दै

कान्तिपुर संवाददाता

काठमाडौँ — यौन दुर्व्यवहारको आरोप लागेका सभामुख कृष्णबहादुर महराको विषयमा छलफल गर्न नेकपा सचिवालयको बैठक बसिरहेको छ । मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा महराको विषयमाथि छलफल भइरहेको छ । स्रोतकाअनुसार महरालाई सभामुखबाट राजीनामा दिलाउने विषयमा छलफल भइरहेको छ । 

महराको विषयमा छलफल गर्न नेकपा सचिवालय बैठक बस्दै

बैठकमा प्रधानमन्त्री केपीशर्मा ओली, अध्यक्ष पुष्पकमल दाहाल, झलनाथ खनाल, माधव नेपाल, इश्वर पोखरेल, विष्णु पौडेल, रामबहादुर थापालगायतका सचिवालय सदस्य छन् ।


महरामाथि संसद् सचिवालयमा कार्यरत एक महिलाले यौन दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन् । सचिवालयमा कार्यरत ती महिला कर्मचारीले आइतबार राति आफ्नै निवासमा आएर सभामुख महराले आफूमाथि यौन दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन्  ।


आफूलाई दुर्व्यवहार गरेको घटनाबारे प्रहरीलाई जानकारी गराएपछि सभामुख महरा निवासबाट बाहिरिएको उनको भनाइ छ । त्यसकै आधारमा सोमबार साँझ अनलाइनहरूमा समाचार आएपछि सभामुख महराका प्रेस सल्लाहकार डिल्ली मल्लले राति विज्ञप्ति जारी गरी खण्डन गरेका थिए । अनलाइन सञ्चारमाध्यमले सम्प्रेषण गरेका समाचार भ्रामक रहेको उनको दाबी छ ।

प्रकाशित : आश्विन १४, २०७६ ११:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?