कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विदेशी नेता मान्नेलाई देशको माया हुँदैन : देउवा

नगेन्द्र अधिकारी

काभ्रे — नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विदेशीलाई नेता मान्ने कम्युनिष्टलाई देशको माया नहुने तर्क गरेका छन् ।

विदेशी नेता मान्नेलाई देशको माया हुँदैन : देउवा

नेपाल शिक्षक संघ काभ्रेले बनेपामा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले सी चिनफिङ विचारबारे प्रशिक्षण चलाउने कम्युनिष्टको देशमा कुनै नेता नै छैनन र भन्दै प्रश्न गरे । ‘के हो ? सी चिनफिङ विचार भनेको, कहिले मार्क्स, कहिले लेनिन, कहिले माओ भन्या छ, नेपालमा कम्युनिष्टको कुनै नेता र विचार नै छैन र?,’ उनले भने, ‘नेता नै विदेशी भएकालाई देशको माया हुँदैन ।’


सत्तारुढ नेकपाले हालै काठमाडौंमा सी चिनफिङ विचारधाराबारे छलफल गरेको थियो ।


पूर्वप्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति देउवाले राणा, पञ्चायत र राजा समेत फालेको भन्दै दुई तिहाई पनि फाल्न सकिने दाबी गरे । ‘निराशा हुनुपर्ने कारण छैन,’ कार्यकर्तालाई आश्वस्त पार्दै उनले भने, ‘राणा फाल्यौँ, पञ्चायत फाल्यौँ, राजा पनि फाल्यौँ, जनता नै ठूलो कुरा हो, जनताको साथ हुने हो भने दुई तिहाईको सरकार पनि फाल्न सक्छौं ।’


गुठी विधेयकमा सरकारले घुँडा टेकेको तर्क गर्दै उनले लोकतन्त्र कुण्ठित गर्ने गरी आएका मिडिया काउन्सिल, मानवअधिकार लगायतका विधेयको पनि विरोध गर्ने बताए । कांग्रेस भित्रै झगडा भएको कारण जनताले भोट नहालेको तर्क गर्दै उनले एकभर जनताको घरदैलोमा गई सुखदुखमा साथ दिए पक्का भोट हाल्ने तर्क गरे ।


कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले संवैधानिक परिषद्मा बहुमतको आडमा संवैधानिक निकायमा डण्डा चलाउन खोजेको आरोप लगाए । ‘संविधानको मर्म विपरित संवैधानिक परिषदमा एकै पार्टीका सभामुख, उपसभामुख, राष्ट्रिय सभा अध्यक्ष र उपाध्यक्ष छन् सिटौलाले भने, ‘संवैधानिक परिषदमा मनलाग्दी गरेर न्यायलय लगायतका ठाउामा आफनो प्रभाव र दबाब देखाउन खोजेको छ ।


शिक्षक संघले सेवा निवृत शिक्षकलाई सम्मान र शिक्षा सेवा आयोगबाट हालै उर्तीण शिक्षकहरुलाई स्वागत समेत गरेको छ ।

प्रकाशित : आश्विन १२, २०७६ १९:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?