कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

धादिङबेसीमा पनि ‘कपडा बैंक’ संचालनमा

कान्तिपुर संवाददाता

धादिङ — धदिङ सदरमुकाम बीचबजारको क्याम्पस चोकमा पनि ‘कपडा बैंक’ संचालन गरिएको छ । स्थानीय लायन्स र लियो क्लबमा आवद्ध युवाहरुले निःशुल्क लुगा घर संचालनमा ल्याएका हुन् ।

धादिङबेसीमा पनि ‘कपडा बैंक’ संचालनमा

सामाजिक सेवाका क्रियाशिल धादिङका युवाहरुद्वारा बडादशैंको अवसरमा आइतबारबाटै संचालित निःशुल्क लुगा घर नीलकण्ठ नगरपालिकाका प्रमुख भिमप्रसाद ढुङ्गानाले उद्घाटन गरेसँगै संचालनमा आएको हो ।


निःशुल्क लुगा घर उद्घघाटनको क्रममा नगर प्रमुख ढुङ्गानाले समाजसेवी युवाहरुको यस महत्वपूर्ण कामको लागि नगरपालिका र आफ्नो व्यक्तिगत रुपमा पनि सहयोग रहने बताएका थिए ।


निःशुल्क लुगा घर संचालनको अभियान्ता सम्झना भण्डारीले आफूभन्दा असाहयलाई सहयोग गरौं भन्ने भावनालाई आत्मसात गरी सक्नेले लुगाहरु यस निःशुल्क घरमा राख्दिन र असहायहरुले आफूलाई मिल्ने साइजको लुगा आएर लैजान आग्रह गरेकी थिइन् ।


बिहानदेखि संचालनमा आएको कपडा बैंकमा बालबालिकाहरुले कपडा लैजान सुरु गरिसकेका छन् ।



प्रकाशित : आश्विन १२, २०७६ ११:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?