नेपाल भाषा स्कुललाई पूर्वविद्यार्थीको भर

गणेश राई

काठमाडौँ — दोलखाका सबिन मगरले नेपालभाषा (नेवारी) बोल्न र लेख्न जानेकैले काठमाडौं मनपा–१५ लखुतीर्थस्थित जगतसुन्दर ब्वनेकुथी माविका विद्यार्थीलाई पढाउने अवसर पाएका छन् । माध्यम भाषाका रूपमा नेवारी पढाइने मुलुककै यो एक मात्र विद्यालय हो । सबिन कम्प्युटर विषय पढाउँछन् । उनी उक्त विद्यालयका पूर्वविद्यार्थी हुन् ।

‘बिहान कलेज पढ्न जान्छु, दिउँसो खाली समय स्कुलमा पढाउँछु,’ ब्याचलर्स इन कम्प्युटर एप्लिकेसन (बीसीए) सातौं सेमेस्टरमा आफैं पनि अध्ययनरत उनले भने, ‘कम्प्युटर नै पढेकाले यही विषय पढाउन सजिलो छ ।’ एउटा विषय पढाउने भएकाले उनले अरू शिक्षक जसरी विद्यालयमा लामो समय बस्नु पर्दैन । ‘नेवारी बोल्न, लेख्न, पढ्न जानेकाले मैले यो अवसर पाएँ,’ उनले भने, ‘खाली समय सदुपयोग र पकेट मनी पनि हुने भएकाले दोहोरो फाइदा भएको छ ।’ पूर्वविद्यार्थीहरू मनीष भनिने मनिराज मानन्धर, आशिष मानन्धर र बबिता मानन्धरलगायतले यही विद्यालयमा पढाउँदै आएका छन् । पूर्वविद्यार्थीले एल्मुनाई ‘न्हू पलाः’ (नयाँ पाइला) संस्था गठन गरेका छन् । ‘हामीले हरेक महिनाको कार्यक्रम तालिकासहित विद्यालयका भाइबहिनीहरूमाझ सिर्जनशील काम गर्दै आएका छौं,’ भाषा र लिपि पढाउँदै आएका मनीष भन्छन्, ‘भाषा, लिपि, संस्कृतिबारे अभ्यस्त पार्ने, खेलकुद, नाच, ह्यान्डिक्राफ्ट, स्विमिङ, हाइकिङ लैजाने गराएका छौं ।’


विद्यालयमा नर्सरीदेखि कक्षा ८ सम्म सबैले एक विषय नेपाल भाषा पढ्नैपर्ने नियम छ । विद्यालय परिसर, कक्षाकोठामा प्रत्येक शिक्षक र विद्यार्थीबीच नेवारीमै कुराकानी हुन्छ । प्रधानाध्यापक सुनिता मानन्धरका अनुसार विद्यालयमा अहिले दुई सयजना विद्यार्थी छन् । ‘नर्सरीदेखि कक्षा ८ सम्म सबै विद्यार्थीका लागि एक विषय नेपालभाषा पढ्न अनिवार्य छ,’ उनले भनिन्, ‘पाठ्यक्रम विकास केन्द्रले कक्षा ९ र १० मा चाहिँ गणित वा नेपालभाषा भनेर एकै समूहमा राखेपछि अनिवार्य विषय बनाउन सकेनौं ।’ केन्द्रले कक्षा १ देखि ५ सम्म नेपालभाषाका ‘लुँ हिती’ (सुनधारा) पाठ्यपुस्तक प्रकाशन गर्दै आएको छ । विद्यालयले ‘पलेस्वाँ’ (कमल फूल) पाठ्यक्रम तथा

पाठ्यपुस्तक निर्माण गरेको छ ।


प्रअ मानन्धरका अनुसार विद्यार्थीसँग मासिक शुल्क न्यूनतम १३ सयदेखि १७ सय रुपैयाँसम्म लिने गरिएको छ । आंशिकसहित २२ जना शिक्षक र ३ कर्मचारी छन् । ‘स्रोतको कमी छ । त्यसैले विद्यालय व्यवस्थापन समितिले न्यूनतम ४ हजारदेखि अधिकतम १३ हजार रुपैयाँसम्म शिक्षकको तलब तोकेको छ । यो विद्यालयको साख बचाउन पूर्वविद्यार्थीको महत्त्वपूर्ण भूमिका छ,’ उनले भनिन् । यहाँका शिक्षकको तलब सरकारी विद्यालयसरह नरहेको उनले बताइन् । ‘सुरुदेखि अहिलेसम्म सरकारको कुनै निकायबाट आर्थिक सहयोग लिएका छैनौं,’ उनले भनिन्, ‘अब संविधानअनुसार प्रदेश र स्थानीय सरकारले नयाँ नीति जारी गर्न लागेको बुझिएको छ । सरकारले हाम्रोजस्तो मातृभाषाका माध्यमबाट पठनपाठन गर्ने विद्यालयलाई प्राथमिकतामा राख्ला भन्ने लागेको छ ।’


विद्यालयका संस्थापक संयोजक अनाररत्न वज्राचार्यले स्थापना कालमै संस्थापक सदस्य तथा दाताहरूबाट संकलित रकमबाट सहुलियत मूल्यमा जग्गासमेत करिब डेढ रोपनी जग्गा खरिद गरेको बताए । निजी गुठीअन्तर्गत सञ्चालित विद्यालयको दुईवटा तीनतले भवन छन् । भवनमा १४ कक्षा कोठा, कम्प्युटर, विज्ञान प्रयोगशाला, पुस्तकालय र नेवारी संग्रहालय र सभाहल छन् । विद्यार्थीलाई नेपालभाषा पढाइसँगै नेवार संस्कृति, १२ महिनाभित्र मनाइने चाड र पर्वहरू, इन्द्रजात्रालगायत जात्राहरू, बजाइने बाजा र नाचिने नाचहरूको प्रत्यक्ष अवलोकन गराउने गरिएको छ ।


प्रकाशित : आश्विन १२, २०७६ ०८:१६
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

नेपाल भाषा स्कुललाई पूर्वविद्यार्थीको भर

४ हजारदेखि १३ हजार रुपैयाँसम्म तलब लिएर शिक्षकले नेपाल भाषा पढाइरहेका छन् ।
गणेश राई

काठमाडौँ — दोलखाका सबिन मगरले नेपालभाषा (नेवारी) बोल्न र लेख्न जानेकैले काठमाडौं मनपा–१५ लखुतीर्थस्थित जगतसुन्दर ब्वनेकुथी माविका विद्यार्थीलाई पढाउने अवसर पाएका छन् ।

माध्यम भाषाका रूपमा नेवारी पढाइने मुलुककै यो एक मात्र विद्यालय हो । सबिन कम्प्युटर विषय पढाउँछन् । उनी उक्त विद्यालयका पूर्वविद्यार्थी हुन् । त्यसैले नर्सरीदेखि कक्षा १० सम्म उनले यहीं पढेका हुन् ।

‘बिहान कलेज पढ्न जान्छु, दिउँसो खाली समय स्कुलमा पढाउँछु,’ ब्याचलर्स इन कम्प्युटर एप्लिकेसन (बीसीए) सातौं सेमेस्टरमा आफैं पनि अध्ययनरत उनले भने, ‘कम्प्युटर नै पढेकाले यही विषय पढाउन सजिलो छ ।’ एउटा विषय पढाउने भएकाले उनले अरू शिक्षक जसरी विद्यालयमा लामो समय बस्नु पर्दैन । ‘नेवारी बोल्न, लेख्न, पढ्न जानेकाले मैले यो अवसर पाएँ,’ उनले भने, ‘खाली समय सदुपयोग र पकेट मनी पनि हुने भएकाले दोहोरो फाइदा भएको छ ।’

पूर्वविद्यार्थीहरू मनीष भनिने मनिराज मानन्धर, आशिष मानन्धर र बबिता मानन्धरलगायतले यही विद्यालयमा पढाउँदै आएका छन् । पूर्वविद्यार्थीले एल्मुनाई ‘न्हू पलाः’ (नयाँ पाइला) संस्था गठन गरेका छन् ।

‘हामीले हरेक महिनाको कार्यक्रम तालिकासहित विद्यालयका भाइबहिनीहरूमाझ सिर्जनशील काम गर्दै आएका छौं,’ भाषा र लिपि पढाउँदै आएका मनीष भन्छन्, ‘भाषा, लिपि, संस्कृतिबारे अभ्यस्त पार्ने, खेलकुद, नाच, ह्यान्डिक्राफ्ट, स्विमिङ, हाइकिङ लैजाने गराएका छौं ।’

विद्यालयमा विद्यार्थी विभिन्न जातजातिका छन् । नर्सरीदेखि कक्षा ८ सम्म सबैले एक विषय नेपाल भाषा पढ्नैपर्ने नियम छ । विद्यालय परिसर, कक्षाकोठामा प्रत्येक शिक्षक र विद्यार्थीबीच नेवारीमै कुराकानी हुन्छ ।

‘मलाई नेपालभाषा बोल्न आउँछ, लेख्न पनि सिक्दैछु,’ कक्षा ७ का प्रिन्स लामा भन्छन्, ‘आफ्नो तामाङ भाषा पनि बोल्छु । विषयअनुसार गणित, विज्ञान, नेपाली र अंग्रेजी पनि पढ्न, लेख्न र बोल्न पर्छ ।’ उनका साथी समिक मगर र कक्षा ५ का विवेश लामाले पनि उसैगरी नेपाल भाषा बोल्न र लेख्न सिकेको बताए ।

प्रधानाध्यापक सुनिता मानन्धरका अनुसार विद्यालयमा अहिले दुई सयजना विद्यार्थी छन् । ‘नर्सरीदेखि कक्षा ८ सम्म सबै विद्यार्थीका लागि एक विषय नेपालभाषा पढ्न अनिवार्य छ,’ उनले भनिन्, ‘पाठ्यक्रम विकास केन्द्रले कक्षा ९ र १० मा चाहिँ गणित वा नेपालभाषा भनेर एकै समूहमा राखेपछि अनिवार्य विषय बनाउन सकेनौं ।’

केन्द्रले कक्षा १ देखि ५ सम्म नेपालभाषाका ‘लुँ हिती’ (सुनधारा) पाठ्यपुस्तक प्रकाशन गर्दैआएको छ । विद्यालय आफैंले ‘पलेस्वाँ’ (कमल फूल) पाठ्यक्रम तथा पाठ्यपुस्तक निर्माण गरेको छ । नेवारी र नेपाली भाषाबाहेक सबै पाठ्यपुस्तक बोर्डिङ स्कुलका छन् । एसएलसीमा राम्रो नतिजा ल्याउने विद्यालय हाल एसईईको नतिजामा पनि अब्बल रहँदै आएको छ ।

प्रअ मानन्धरका अनुसार विद्यार्थीसँग मासिक शुल्क न्यूनतम १३ सयदेखि १७ सय रुपैयाँसम्म लिने गरिएको छ । पढाउनका निम्ति आंशिकसहित २२ जना शिक्षक र ३ कर्मचारी छन् ।

‘समाजका दानीहरूले अभिभावकत्व ग्रहण गरिदिएकाले आधा जति विद्यार्थीले छात्रवृत्तिमा पढ्ने मौका पाएका छन्,’ उनी भन्छिन्, ‘स्रोतको कमी छ । त्यसैले विद्यालय व्यवस्थापन समितिले न्यूनतम ४ हजारदेखि अधिकतम १३ हजार रुपैयाँसम्म शिक्षकको तलब तोकेको छ । यो विद्यालयको साख बचाउन पूर्वविद्यार्थीको महत्त्वपूर्ण भूमिका छ ।’

यहाँका शिक्षकको तलब सरकारी विद्यालयसरह नरहेको उनले बताइन् । ‘सुरुदेखि अहिलेसम्म सरकारको कुनै निकायबाट आर्थिक सहयोग लिएका छैनौं,’ उनले भनिन्, ‘अब संविधानअनुसार प्रदेश र स्थानीय सरकारले नयाँ नीति जारी गर्न लागेको बुझिएको छ । सरकारले हाम्रोजस्तो मातृभाषाका माध्यमबाट पठनपाठन गर्ने विद्यालयलाई प्राथमिकतामा राख्ला भन्ने लागेको छ ।’

विद्यालयका संस्थापक संयोजक अनाररत्न वज्राचार्यले स्थापना कालमै संस्थापक सदस्य तथा दाताहरूबाट संकलित रकमबाट सहुलियत मूल्यमा जग्गासमेत करिब डेढ रोपनी जग्गा खरिद गरेको बताए । निजी गुठीअन्तर्गत सञ्चालित विद्यालयको दुईवटा तीनतले भवन छन् । भवनमा १४ कक्षा कोठा, कम्प्युटर, विज्ञान प्रयोगशाला, पुस्तकालय र नेवारी संग्रहालय र सभाहल छन् ।

विद्यार्थीलाई नेपालभाषा पढाइसँगै नेवार संस्कृति, १२ महिनाभित्र मनाइने चाड र पर्वहरू, इन्द्रजात्रालगायत जात्राहरू, बजाइने बाजा र नाचिने नाचहरूको प्रत्यक्ष अवलोकन गराउने गरिएको छ । सानो कक्षादेखि नेपालभाषा बोलचाल तथा शब्दलाई देवनागरी लिपिमा लेख्न सिकाइन्छ । कक्षा ४ देखि प्रचलित लिपि र कक्षा ७ देखि रञ्जना लिपिसमेत सिकाइन्छ । कक्षा ९ र १० का विद्यार्थीले एसईईपछि दुईहप्ते रञ्जना लिपि प्रशिक्षण दिने र प्रतिस्पर्धा गराउने गरिएको छ ।

नेपाल मण्डल (काठमाडौं उपत्यकालगायत क्षेत्र) का रैथाने बासिन्दा नेवार जातिले बोल्ने भाषालाई नेपालभाषा भनिन्छ । २०४७ को संविधानले मौलिक हकअन्तर्गत आफ्नो भाषा, लिपि र संस्कृतिको संरक्षण गर्ने तथा प्राथमिक तहसम्म मातृभाषामा शिक्षा दिने विद्यालय खोल्न पाउने अधिकार सुनिश्चित गरेको थियो । उक्त धारा–१८ संस्कृति तथा शिक्षासम्बन्धी हक उल्लेख छ । उपधारा (१) मा भएको व्यवस्था देशका सबै समुदायले आफ्नो भाषा, लिपि र संस्कृतिको संरक्षण र संवर्द्धन गर्ने अधिकार छ ।’

उपधारा (२) ले प्रत्येक समुदायले बालबालिकालाई प्राथमिक तहसम्म आफ्नो मातृभाषामा शिक्षा दिने गरी विद्यालय सञ्चालन गर्न पाउने व्यवस्था गरेको छ । उक्त व्यवस्थाअनुसार जगतसुन्दर ब्वनेकुथी (विद्यालय) निजी गुठीबाट सञ्चालन हुने गरी २०४७ फागुनमा स्थापना गरिएको हो । २०७२ को संविधानले पनि उक्त अधिकारलाई यथावत् राखेको छ ।

‘संवैधानिक व्यवस्थालगत्तै शिक्षाको माध्यमबाट मातृभाषा र संस्कृति संरक्षण गर्ने भयौं,’ संयोजक अनाररत्न वज्राचार्य भन्छन्, ‘हामी आफूले आपसमा सहयोग उठायौं र तत्कालै मातृभाषा शिक्षा अभियन्ता मास्टर जगतसुन्दर मल्लको नाममा स्कुल खोलेका हौं ।’

१४ जना विद्यार्थी लिएर पठनपाठन सुरु गरिएको थियो । सञ्चालनको तीन दशक पुगेको विद्यालयको सुरुवातका केही वर्ष संस्थापक सदस्य तथा कवि राजभाइ जकमिःको घरमा पठनपाठन भएका थिए ।

प्रकाशित : आश्विन ९, २०७६ १९:२५
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
×