कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गढीमाई मेलाको शोभा यात्रामा राष्ट्रपति सहभागी हुँदै 

लक्ष्मी साह

(बारा) — पञ्चवर्षीय गढीमाई मेलाको शोभा यात्रामा राष्ट्रपति विद्यादेवी भण्डारी सहभागी हुने भएकी छन् । आइतबार निस्कने शोभा यात्रामा राष्ट्रपति भण्डारी सहभागी हुने मेला व्यवस्थापन मुल समितिले जनाएको छ । 

गढीमाई मेलाको शोभा यात्रामा राष्ट्रपति सहभागी हुँदै 

मेलाको पूर्वसन्ध्या घटस्थापनाको अवसर पारेर शोभा यात्रा निकाल्ने चलन छ । मेला भने आउँदो मंसिरदेखि सुरु हुने छ । शोभा यात्रापछि मेला तयारीमा जुट्ने समितिले जनायो । ‘आइतबार महामहिम राष्ट्रपतिज्यू’ को प्रमुख आतिथ्यमा शोभा यात्राको उद्घाटन हुन्छ,’ महागढीमाई नगरपालिकाका प्रमुख उपेन्द्रप्रसाद यादवले भने, ‘राष्ट्रपतिज्यूको आगमनले मेलाको लोकप्रियता र गढीमाई मन्दिर परिसरमा भौतिक पूर्वाधारसँगै पर्यटकीय विकास हुन सक्ने विश्वास छ । त्यसैले मेला मूल व्यवस्थापन समितिको तर्फबाट राष्ट्रपतिज्युलाई आउन आग्रह गरिएको छ ।’


राष्ट्रपति भण्डारीको सुरक्षाको लागि यहाँ व्यापक सुरक्षाकर्मीहरु खटाइको छ । प्रमुख जिल्ला अधिकारी फणिन्द्र पोखरेलले भने, ‘राष्ट्रपतिज्यूको सुरक्षाको लागि केन्द्र र स्थानीय स्तरबाट व्यापक सुरक्षाको प्रबन्ध गरिएको छ ।’


गढीमाई मन्दिर सञ्चालन तथा विकास समिति (गढीमाई ट्रष्ट) र स्थानीय तहको संयुक्त समन्वयमा शोभा यात्राको तयारी गरिएको छ । समितिकाअनुसार शोभा यात्रामा दर्जनौं, घोडा, हात्ती, स्थानीय चलन चल्तीका बाजा, झाँकी किर्तन हुनेछ । यात्रामा हजारौं स्थानीयहरुको सहभागिता हुने गरेको छ ।


शोभायात्रा निकाल्नुभन्दा केही महिनाअघि नै गढीमाईको सीमाना बाँध्ने चलन छ । तान्त्रिक विधिबाट सीमा बाँधेपछि वरपरको दर्जनौ गाउँका चेलीहरु साउनदेखि मेला नसकुन्जेल माइती वा ससुराली जाँदैनन् । बिहेबारी हुँदैनन् । मन्दिरका मूल पुजारी ६५ वर्षीय मंगल चौधरीकाअनुसार धार्मिक आस्थाको केन्द्रको रुपमा रहेको गढीमाई मेला लाग्ने वर्षको साउनदेखि नै गढीमाईको सीमाना बाँधिन्छ ।

बाराको महागढीमाई नगरपालिकाको बरियारस्थित गढीमाई मन्दिर परिसरमा हरेक ५ वर्षमा मंसिरदेखि मेला लाग्दछ । मेलामा मनोकांक्षा पूरा हुने विश्वासमा लाखौं पशुपंक्षीको बलि दिइन्छ । मेलामा छिमेकी भारत र नेपालसँगै लाखौं विदेशी मेला भर्न आउँछन् ।


प्रकाशित : आश्विन ११, २०७६ १९:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?