कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एटीएम रकम चोर्न भारतमा योजना

काठमाडौं — नेपालका बैंक तथा वित्तीय संस्थाको एटीएमबाट रकम चोर्न संगठित गिरोहले भारतमा योजना बनाएको खुलेको छ  । कृषि विकास बैंक लहान शाखाबाट चोरिएको रकमसहित पक्राउ परेका १२ जनाले भारतमा रहेको ह्याकरको योजनाअनुसार आफूहरूले काम गरेको बयान दिएका छन्  ।

एटीएम रकम चोर्न भारतमा योजना

आफूलाई काले भनेर चिनाउने पिटरले नेपालका बैंक तथा वित्तीय संस्थाको सर्भर ह्याक गरेर रकम ट्रान्सफर गर्ने गरेको उनीहरूले बताएका छन् ।

प्रभुलगायत बैंकको करिब २ करोड रकम चोरिएको अभियोगमा चिनियाँसहितको गिरोह पक्राउ परेको महिना दिन बित्न नपाउँदै कृषि विकास बैंकको रकम चोरिएको हो । महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले कृषि विकास बैंकबाट गैरकानुनी रूपमा रकम निकालेको अभियोगमा नुवाकोटका लवाङ तामाङ, रसुवाका लक्ष्मी तामाङ, निर्मला तामाङ र निमा तामाङ, काभ्रेस्थली काठमाडौंका सञ्जय घले, सर्लाहीका पुष्पराज खड्का, लमजुङका विद्यासागर लामिछाने, तनहुँका श्रवणकुमार श्रेष्ठ, कैलालीका विजय शाह र चन्द्रबहादुर बुढा तथा भारत कोलकाताका शुवन्कर पञ्जालाई पक्राउ गरेको छ । उनीहरूको साथबाट प्रहरीले ४० लाख ५० हजार नगद बरामद गरेको छ ।

भारतमा रहेका कालेकै योजनामा यसअघि बैंकको सर्भर ह्याक गरेर गिरोहले ४ करोड ७३ लाख ९६ हजार रुपैयाँ विभिन्न व्यक्तिका नाममा रकम ट्रान्सफर गरेको अनुसन्धानबाट खुलेको छ । पानस रेमिट्यान्सबाट समेत यो समूहले १२ लाख रुपैयाँ चोरेको पाइएको छ ।

प्रकाशित : आश्विन ९, २०७६ ०९:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?