कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

शिक्षाका सहसचिवहरुको जिम्मेवारी हेरफेर

सुदीप कैनी

काठमाडौँ — शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सहसचिवहरुको जिम्मेवारी हेरफेर गरेको छ । मन्त्रालय र मातहतका अधिकांश सहसचिवहरुको सरुवा गरिएको हो । 

मन्त्रालयको योजना महाशाखाको जिम्मेवारी कमल पोखरेललाई दिइएको छ । यसअघि महाशाखा प्रमुखमा बैकुण्ठ अर्याल थिए । उनी मन्त्रालयका प्रवक्तासमेत हुन् । उनलाई शिक्षक सेवा आयोगको प्रशासकीय प्रमुखमा सरुवा गरिएको शिक्षामन्त्री गिरिराजमणि पोखरेलको सचिवालयले जनाएको छ । सेवा आयोगका सहसचिव तुलसीप्रसाद थपलियालाई शिक्षा तथा मानवस्रोत विकास केन्द्रमा सरुवा गरिएको हो ।


मन्त्रालयकै प्राविधिक महाशाखाका सहसचिव हरिप्रसाद लम्साललाई चिकित्सा शिक्षा आयोगको सदस्य सचिवको जिम्मेवारी दिइएको छ । श्रीकृष्ण गिरी उपाध्यक्ष नियुक्त भएको अयोग दरबन्दीअनुसार सहसचिवविहीन थियो ।


लम्सालको ठाँउमा दिपक शर्मालाई सरुवा गरिएको छ । विद्यालय पुनर्निर्माण इकाईका प्रमुख इमनारायण श्रेष्ठ, मन्त्रालयका अर्का सहसचिव विष्णुप्रसाद अधिकारीलाई पनि केन्द्रमा नै सरुवा गरिएको हो । विद्यालय पुनर्निमाण चुडामणि पौडेललाई जिम्मेवारी दिइएको छ । केन्द्रका केशव दाहाललाई शैक्षिक गुणस्तर परीक्षण केन्द्रको प्रमुखमा हेरफेर गरिएको हो । सहसचिव खगेन्द्र नेपाललाई शिक्षाका लागि खाद्य कार्यक्रममा सरुवा गरिएको छ ।


यो वर्षभित्र अनिवार्य अवकाश पाउने र जिम्मेवारी पाएको एक वर्ष पूरा नभएका बाहेकका सहसचिवहरुको जिम्मेवारी हेरफेरे गरिएको हो । नयाँ जिम्मेवारी पाएका सहसचिवहरुसँग मन्त्री पोखरेलले कार्यसम्पादन करारसमेत गरेका छन् । मन्त्रालयको विद्यालय शिक्षा महाशाखा र उच्च शिक्षा महाशाखाका सहसचिवहरु कृष्णप्रसाद काप्री र रामशरण सापकोटा, केन्द्रका महानिर्देशक बावुराम पौडेल, पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक लेखनाथ पौडेल बाहेकका सहसचिवहरुको जिम्मेवारी हेरफेरे गरिएको हो ।

प्रकाशित : आश्विन ८, २०७६ १०:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?