कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बूढीगण्डकी दिँदा भ्रष्टाचार : देउवा

काठमाडौँ — प्रमुख प्रतिपक्षी कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओली स्वयं लोकतान्त्रिक प्रणालीलाई कमजोर बनाउन लागेको आरोप लगाएका छन् ।

बूढीगण्डकी दिँदा भ्रष्टाचार : देउवा

नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष नैनसिंह महरद्वारा लिखित ‘नेकपा सरकारका काण्डै काण्ड’ विषयक पुस्तक सोमबार राजधानीमा विमोचन गर्दै देउवाले कानुनका माध्यमबाटै राज्य प्रणालीलाई कमजोर बनाउन प्रधानमन्त्री ओली लागेको आरोप लगाए ।


‘प्रजातान्त्रिक मुलुकमा स्वतन्त्र मानव अधिकारको व्यवस्था, निर्बाध लेख्ने, अभिव्यक्त गर्ने स्वतन्त्रता हुन्छ तर ओली नेतृत्वको सरकारले पत्रकारलाई बोल्नसमेत नदिने गरी कानुन बनाउन खोज्दै छ । स्वतन्त्र मानव अधिकार जस्तो निकायलाई नियन्त्रण गर्न खोज्दै छ,’ उनले भने, ‘यसका विरुद्ध हामी सदनमा मात्रै होइन, सडकमा पनि आन्दोलन गर्छौं ।’

बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणको जिम्मा सरकारले चिनियाँ सरकारको स्वामित्वको चाइना गेजुवा वाटर एन्ड पावर ग्रुप कम्पनीलाई दिएको छ । आर्थिक चलखेलकै आधारमा सरकारले प्रतिस्पर्धाबिनै आयोजना उक्त कम्पनीलाई दिएको आरोप देउवाले लगाए ।


‘जहाँ बिनाप्रतिस्पर्धा दिइन्छ, त्यहाँ भ्रष्टाचार भयो–भयो,’ उनले भने, ‘बिनाप्रतिस्पर्धा यस्ता ठूला आयोजना संविधानले समेत दिन मिल्दैन तर सरकार भन्दा शून्य सहनशीलता तर व्यवहारमा ठूलो भ्रष्टाचार गरिरहेको छ ।’


संघका पूर्वअध्यक्ष महरले पुस्तकमा निर्मला हत्या काण्डदेखि वाइडबडी, न्यारोबडी, ठेक्कापट्टा, होली वाइन, यातायात सिन्डिकेट र ३३ किलो सुन प्रकरणलगायत विषय पुस्तकमा समेटेका छन् ।

प्रकाशित : आश्विन ६, २०७६ २०:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?