कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रधानमन्त्री ओलीलाई भेटे चिनियाँ टोलीले

रासस

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभाग प्रमुख सोङ पाओ नेतृत्वको प्रतिनिधिमण्डलले सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा भेट गरेको छ । 

प्रधानमन्त्री ओलीलाई भेटे चिनियाँ टोलीले

भेटका अवसरमा चिनियाँ सोङ पाओले चीनले नेपालको समृद्धिको यात्रामा सघाउने विश्वास व्यक्त गरे । नेपालमा छिट्टै हुने चिनियाँ राष्ट्रपतिको भ्रमणको तयारीका क्रममा यहाँ आएको सो टोलीले दुई देशबीचको सहयोगात्मक सम्बन्धलाई अझ सुदृढ बनाउने जनाएको थियो ।


जवाफमा प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपतिको आसन्न भ्रमण सफल हुनेमा आश्वस्त रहन आग्रह गर्दै आपसी सम्बन्धलाई अझ गाढा बनाउन नेपालको तर्फबाट पनि पहल गरिने बताएका प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले जानकारी दिए ।

प्रकाशित : आश्विन ६, २०७६ १८:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?