कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

संविधानको बहसभन्दा काम महत्वपूर्ण : नेता नेपाल

काठमाडौँ — पूर्वप्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले संविधानको बहसभन्दा काम गरेर देखाउनु महत्वपूर्ण हुने बताएका छन् । ‘संविधानसभाबाट संविधान बन्न सकेकोमा हामी गौरव गर्छौं,’ उनले भने, ‘यतिखेर संविधानको बहस कम काम बढी गरेर देखाउने बेला हो । संविधानप्रति सबैमा अपनत्व बोध जगाउन जरुरी छ ।’

संविधानको बहसभन्दा काम महत्वपूर्ण : नेता नेपाल

राष्ट्रिय निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (नेसनल प्याब्सन) ले आयोजना गरेको ‘संविधानमा बालबालिका’ विषयक अन्तरक्रियामा नेपालले समाज परिवर्तनको महत्वपूर्ण थलो विद्यालय भएकाले इन्टनेट, मोबाइलले गर्दा समाजबाट टाढिदै गएका बालबालिकालाई परिवारको महत्व बुझाउन सुझाव दिए ।


‘संविधानले माध्यमिक तहसम्मको शिक्षा निःशुल्क भनेको छ,’ संविधानको धारालाई देशको यथार्थसँग दाँज्न जरुरी रहेको उल्लेख गर्दै उनले भने, ‘ऋणमै देश चलेको छ भने एकैचोटि सबै तहको शिक्षा निःशुल्क गर्नु सान्दर्भिक होइन । त्यसैले संविधानमा उल्लिखित प्रावधान केही वर्षपछि पूर्ण पालना गरौंला ।’'


महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले बालबालिकाको हक अधिकार कार्यान्वयनमा सरकार प्रयासरत रहेको बताइन् । ‘बालबालिका सम्बन्धी ऐन जारी भइसकेको छ, अब नियमावली बनाएर कार्यान्वयन गर्नेतर्फ जोड दिएका छौं,’ उनले भनिन्, ‘तीन तहको सरकारले के के गर्ने भन्नेबारे क्षेत्राधिकार तोक्न बाँकी छ ।’


कांग्रेस केन्द्रीय सदस्य गुरुराज घिमिरेले बालबालिकाको आँखामा ज्योति, गालामा लाली र ओंठमा मुस्कान भर्न जरुरी रहेको बताए । उनले शिक्षा अपरिहार्य भएकाले धनी र गरिब पढ्ने विद्यालयका रूपमा रहन दिन नहुने उल्लेख गरे । अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारीले संविधानमा बालबालिकाको स्वामित्व हुनुपर्ने बताए । नेसनल प्याब्सनका अध्यक्ष ऋतुराज सापकोटाले निजी विद्यालयमा पढेका विद्यार्थीलाई सरकारी छात्रवृत्तिबाट वञ्चित गर्न नहुने बताए ।

प्रकाशित : आश्विन २, २०७६ १९:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?