कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

म्यानपावर व्यवसायी संघको चेतावनी, 'मलेसियाको भिसा किन्ने म्यानपावरलाई कारबाही'

काठमाडौँ — नेपाल वैदेशिक रोजगार व्यवसायी संघले नेपाल र मलेसियाको श्रम समझदारीविपरीत भिसा किनेर कारोबार गरेको भेटिएमा कारबाही गर्ने चेतावनी दिएको छ । संघले त्यस्तो गैरजिम्मेवार भूमिका खेल्ने म्यानपावरलाई कानुनी दायरामा ल्याउन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र वैदेशिक रोजगार विभागलाई जानकारी दिन बाध्य हुने जनाएको छ ।

म्यानपावर व्यवसायी संघको चेतावनी, 'मलेसियाको भिसा किन्ने म्यानपावरलाई कारबाही'

मलेसियाका विभिन्न कम्पनीमा मागपत्र खोज्नको लागि व्यवसायीहरु मलेसिया पुगेका छन् । मलेसियाको मात्रै कारोबार गर्ने झन्डै चारसय भन्दा बढी म्यानपावर कम्पनी छन् । ‘मलेसियाका विभिन्न कम्पनपनीमा आफूलाई नेपालको म्यानपावर व्यवसायीको हुलिया दिँदै मागपत्र (भिसा) किन्न केही ब्यक्तिहरु मलेसियामा बजार प्रवर्द्धन गर्न सुरु गरेको छ । मागपत्र लिन नेपाली म्यानपावरको नाममा सौदाबाजी गरिरहेको देखिएको हुँदा त्यस्ता गलत ब्यक्तिलाई कारबाहीको दायरामा ल्याउन संघ गम्भीर भएको छ’, अध्यक्ष रोहन गुरुङद्वारा जारी विज्ञप्तिमा भनिएको छ,‘नेपाल र मलेसिया श्रम समझदारीको भावना र मर्मलाईलाई ख्याल र सम्मान गर्दै काम गर्न सम्पूर्ण व्यवसायीलाई अनुरोध गर्दछु ।’


‘यदि व्यवसायी भन्न नै नसुहाउने खालको गतिविधि, लापरबाही र गैरजिम्मेवार तरिकाले अस्वस्थ्य प्रतिस्पर्धा गरेमा संघ कडा कारबाहीको दायरामा ल्याउन बाध्य हुनेछ’ विज्ञप्तीमा छ । श्रम समझदारीअनुसार म्यानपावार व्यवसायीले कामदारसँग एक रुपैयाँ लिन पाइने छैन । म्यानपावरलाई मलेसिया रोजगारदाता कम्पनीले नै प्रति कामदार झन्डै १४ देखि २७ हजार रुपैयाँसम्म कमिसन उपलब्ध गराउनुपर्ने समझदारीमा उल्लेख छ । तर, मागपत्र हात पार्ने नाममा उल्टो कमिसन दिई भिसा किन्न थालेमा समझदारीअनुसार कामदार पठाउने वातावरण बिग्रँने भन्दै संघले सबैलाई सचेत गराएको हो । २०७५ जेठ २ देखि बन्द मलेसिया भदौ २९ गतेबाट सुचारु गरिएको हो ।

प्रकाशित : आश्विन २, २०७६ ११:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?