कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सुदृढ बन्दै छ प्रेस : सञ्चारमन्त्री

मोरङ — सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले मिडिया जगत सुदृढ बन्दै गएको बताएका छन् । विराटनगरमा बुधबार पत्रकारसँग उनले समानुपातिक विज्ञापन, क्लिन फिड, पत्रकारको न्यूनतम पारिश्रमिक लागू गराउने बताए ।

सुदृढ बन्दै छ प्रेस : सञ्चारमन्त्री

‘पत्रकारहरूले नराम्रो मात्रै देखाउँदै आएका छन्, सरकारले गरिरहेका राम्रा काम देखाइदिए जनतामा आशा पलाउँथ्यो,’ उनले भने, ‘पत्रकारहरूले राम्रा कामबारे लेखिदिएर परिवर्तन भइरहेको सूचना आम जनसमुदायमा पठाउने दायित्व निर्वाह गर्नुपर्छ ।’


नागरिकका कतिपय काम सरकारले समयमा नगरेको गुनासो रहेको उनले स्विकारे । ‘नागरिकको सही आलोचना स्वीकार्य हुन्छ,’ उनले भने, ‘तर पूर्वाग्रही भएर सरकारको आलोचना गर्नेलाई सहन सकिँदैन ।’

प्रकाशित : आश्विन १, २०७६ २०:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?