कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

समाजवादीको सल्लाहकार अध्यक्षमा गौतम

काठमाडौँ — समाजवादी पार्टीले भीमप्रसाद गौतमलाई सल्लाहकार समितिको प्रमुख बनाएको छ । तत्कालीन संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टीबीच एकता भएपछि सल्लाहकार समिति समायोजन गरिएको हो । 

गौतम साबिकको नयाँ शक्ति पार्टीमा थिए । समाजवादी पार्टीका संघीय परिषद्का अध्यक्ष बाबुराम भट्टराईको उपस्थितिमा भएको समायोजन कार्यक्रममा सल्लाहकार समितिमा पदाधिकारीसहित ९९ सदस्यको घोषणा पनि गरिएको छ । जसमा उपाध्यक्षमा नवराज सुवेदी, महासचिव गंगानारायण श्रेष्ठ र मोहन बराइली छन् । पार्टीले प्रदेशभित्र रहेका समितिका सदस्यहरूलाई समेत आ–आफ्नो प्रदेशमा समिति गठन गर्न निर्देशन दिएको छ ।


प्रकाशित : भाद्र २९, २०७६ २१:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?