कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

५ किलो चरेस र १२ किलो गाँजासहित ५ जना पक्राउ

प्रताप विष्ट

हेटौडा — चरेस र गाँजासहित प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तीन भारतीय नागरिक र दुई मकवानपुरका छन् । 

५ किलो चरेस र १२ किलो गाँजासहित ५ जना पक्राउ

४ किलो ९ सयग्राम चरेससहित प्रहरीले भारत मुजफपुर जिरोमाइलका २८ वर्षीय शिवराज सिंह, २४ वर्षीय ज्ञानीकुमार पासवान र भारत विहारका शिवहरी तरिहानीका २४ वर्षीय राजु महतो पक्राउ परेका हुन ।


हेटौडा उपमहानगरपालिका—१५ रातोमाटे चौकीमा प्रहरीले हेटौडावाट वीरगन्जतर्फ गइरहेको बिआर ०१ पिएफ ७९९८ नम्बरको भारतीय कारलाई रोकेर चेकजाँच गर्ने क्रममा कारभित्र चरेस फेला परेको प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताए ।


कारभित्र फल्स बटम बनाएर १० वटा प्लाष्टिकको पोकामा चरेस लुकाएर ल्याएका थिए । भारतमा लगेर बिक्री गर्नका लागि धादिङको सिम्लाङबाट चरेस खरिद गरेर ल्याएको प्रहरी समक्ष उनीहरुले बताएका छन् ।


यसैगरी प्रहरीले मकवानपुरको राक्सिराङ गाउँपालिका—४ कालिका दोभानबाट १२ किलो ४ सयग्राम गाँजासहित २ जनालाई पक्राउ गरेको छ ।


पक्राउ पर्नेमा कैलाश गाउँपालिका–८ का २६ वर्षीय राजकुमार थिङ र २१ वर्षीय दिपेश थिङ रहेका छन् । कालीका दोभानमा झोला बोकेर हिडिरहेको अवस्थामा कान्द्राङका प्रहरीले शंका लागेर झोला तलास गर्दा राजकुमारको झोलामा ४ केजी ८ सयग्राम र दिपेशको झोलामा ७ केजी ६ सयग्राम गाँजा फेला परेको प्रहरी उपरिक्षक सिंहले बताए ।

प्रकाशित : भाद्र २९, २०७६ ०९:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?