१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५९६

प्रधानाध्यापकसहित ५ जना घूससहित पक्राउ

काठमाडौँ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वीरगन्जको नेपाल राष्ट्रिय आधारभूत विद्यालयका प्रधानाध्यापक सचिन्द्रकुमार कापरसहित ५ जनालाई घूस रकमसहित रंगेहात पक्राउ गरेको छ ।

प्रधानाध्यापकसहित ५ जना घूससहित पक्राउ

प्रधानाध्यापक कापर, सहायक प्रधानाध्यापक मनिर मियाँ, शिक्षक सुरेश महतो तथा विद्यालय व्यवस्थापन समितिका सदस्यद्वय जम्बिल मियाँ र इलियास मियाँ अन्सारीले करारमा शिक्षक नियुक्ति गरिदिने भनी सेवाग्राहीसँग एक लाख रुपैयाँ घूस लिएको अख्तियारले जनाएको छ ।


इन्जिनियरविरुद्ध मुद्दा


अख्तियारले बनेपा नगरपालिकाका इन्जिनियर आकाश श्रेष्ठसहित दुई जनाविरुद्ध बिहीबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । श्रेष्ठले २०७२ को महाभूकम्पले पूर्ण क्षति भएको घर पुनर्निर्माणका लागि सरकारले प्रदान गरेको राहत किस्ता भुक्तानीका क्रममा सेवाग्राहीसँग २५ हजार रुपैयाँ घूस लिएको छानबिनबाट पुष्टि भएकाले मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।


अख्तियारले जिल्ला अदालत सिरहाका कर्मचारी बृजमोहन यादवविरुद्ध समेत मुद्दा दायर गरेको छ । यादवले अदालतमा विचाराधीन लागू औषधसम्बन्धी मुद्दा मिलाइदिन्छु भनी सेवाग्राहीसँग १ लाख १० हजार रुपैयाँ घूस लिएको पुष्टि भएको अख्तियारले विज्ञप्तिमा उल्लेख गरेको छ । मुद्दा दायर भएसँगै दुवै जना सेवाबाट निलम्बित भएका छन् ।

प्रकाशित : भाद्र २८, २०७६ १९:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?