कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हारको पीडा र जीतको उन्मादको परिणाम पार्टी एकता : दाहाल 

विप्लव भट्टराई

इलाम — नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले हारको पीडा र जीतको उन्मादको परिणाम नै पार्टी एकता भएको बताएका छन् ।

हारको पीडा र जीतको उन्मादको परिणाम पार्टी एकता : दाहाल 

शुक्रबार इलाममा आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै दाहालले पहिलो संविधानसभामा चुनावी तालमेल हुन नसकेको प्रसंग ल्याउँदै अपेक्षा गरेभन्दा धेरै जनमत प्राप्त भएपछि जनताको भवनाअनुसार काम गर्न नसक्दा अर्को चुनावमा पराजित हुनु परेको स्वीकारे । तत्कालीन दुवै पार्टीले जितको उन्माद र हारको पीडा पनि सहेकाले दसकौंसम्म राज्यसत्ता आफ्नो पक्षमा पारेर समाजवाद स्थापना गर्नु एकताको मुख्य उद्देश्य भएको उनको भनाइ थियो ।


पार्टी एकीकरण भएको लामो समयसम्म पनि जनस्तरमा सही सूचना पुर्‍याउन नसक्दा असन्तुष्टि बढेको उनको भनाइ थियो ।


कार्यक्रममा नेकपाका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले लोकतन्त्रविरुद्ध प्रतिगामी सक्रिय हुँदै गएकाले लोकतन्त्रवादी शक्ति मिलेर सामना गर्नु पर्ने धारणा राखे । नेता सुवासचन्द्र नेम्वाङले यो संविधान सबै जातजाति, भाषा, धर्म, संस्कृति र भूगोलका बासिन्दाको हितमा रहेको बताउँदै जनता सार्वभौम हुने उत्कृष्ट संविधान रहेको धारणा राखे ।

प्रकाशित : भाद्र २७, २०७६ १८:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?