कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गोली हानी गुन्डागर्दीमा संलग्न गुरुङ पक्राउ

जनकराज सापकाेटा

काठमाडौँ — प्रहरीले गोली हानी काठमाडौंको गोलढुंगाबाट गुन्डागर्दीमा संलग्न साजन गुरुङलाई नियन्त्रणमा लिएको छ । फरार सूचीमा रहेका धादिङका गुरुङलाई पक्राउ गर्न प्रहरीले शुक्रबार दिउँसो गोली चलाएको हो । 

गोली हानी गुन्डागर्दीमा संलग्न गुरुङ पक्राउ

महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुका एसएसपी सहकुल थापाका अनुसार गुन्डा गुरुङको दुवै खुट्टामा गोली लागेको छ । उनलाई ट्रमा सेन्टरमा ल्याइँदै छ ।


गुन्डागर्दीमा संलग्न गुरुङ निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनलाई गोली हानी हत्या गरेको घटनाका मुख्य अभियुक्त मानिएका समिरमान बस्नेत निकटका रहेको एसएसपी थापाले बताए । बस्नेत केन्द्रीय कारागारमा छन् ।


पक्राउ परेका गुरुङले बालुवाखानी सञ्चालक, निर्माण व्यवसायी र प्रहरीलाई समेत धम्क्याउने गरेको प्रहरीमा उजुरी परेको थियो ।

प्रकाशित : भाद्र २७, २०७६ १७:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?