कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

असोज ५ गतेदेखि दसैंका लागि टिकट बुकिङ खुला

विमल खतिवडा

काठमाडौँ — यातायात व्यवस्था विभागले दसैंका लागि असोज ५ गतेबाट टिकट बुकिङ खुल्ला निर्णय गरेको छ । सबैसँगको छलफल पश्चात बिहीबार टिकट खुल्ला गर्ने निर्णय भएको यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले बताए । 

असोज ५ गतेदेखि दसैंका लागि टिकट बुकिङ खुला

उनका अनुसार यात्रुलाई समस्या हुन नदिने गरी पहिल्यै टिकट खुल्ला गरिएको हो ।

सडक विभागसँग अझै छलफल गरेर बिग्रिएका सडक मर्मत गरी दसैंमा यात्रुलाई सकुशल गन्तव्यसम्म पुर्‍याउने उनले बताए ।

दसैंको समयमा उपत्यकाबाट करिब २० लाख यात्रु बाहिरिने गरेका छन् ।


प्रकाशित : भाद्र २६, २०७६ १६:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?