कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नागरिकता विधेयकबारे सरकारको धारणा मागेपछि राज्य व्यवस्था समिति बैठक स्थगित

ऋषिराम पौड्याल

काठमाडौँ — राज्य व्यवस्था समितिमा नागरिकता विधेयकमाथिको छलफल बिहीबार पनि टुंगो लागेन । नागरिकता विधेयक सम्बन्धी छलफल गर्न बिहीबार बसेको संसद्‌को राज्य व्यवस्था समिति बैठकमा कांग्रेसले सरकारको धारणा माग गरेपछि बैठक स्थगित गरिएकाे छ । 

नागरिकता विधेयकबारे सरकारको धारणा मागेपछि राज्य व्यवस्था समिति बैठक स्थगित

नेपाली नागरिकसँग विवाह गरेकी विदेशी महिलालाई अंगीकृत नागरिकता दिने विषयमा सांसदहरू विभाजित छन् ।

यस सम्बन्धी छलफलका लागि समितिको बिहीबार पनि समितिको बैठक बोलाइएको थियो । बैठकमा कांग्रेस सांसद दिलेन्द प्रसाद बडू, डिला, संगौला, मीना पाण्डे लगायतले विधेयकबारे सरकारको धारणा आउनु पर्ने माग राखेका थिए ।

गृहमन्त्री रामबहादुर थापा बैठकमा केही समयमात्रै उपस्थित भएका थिए ।

बैठक भोलीसम्मका लागि स्थगित भएको छ । गृहमन्त्रीलाई समेत उपस्थित गराउने गरी शुक्रबार बिहान ८ बजे फेरि समितिको बैठक बस्ने भएको छ । बैठकमा उपस्थित गृहसचिव प्रेमकुमार राईले अहिले ल्याएको प्रस्ताव नै सरकारको धारणा भएको बताएका थिए ।


नागरिकता ऐन २०६३ मा नेपालीसँग वैवाहिक सम्बन्ध कायम राखेको र विदेशी नागरिकता त्याग्ने कारबाही चलाएको निस्सा पेस गरेमा अंगीकृत नागरिकता पाउने व्यवस्था छ । अहिले नेपालीसँग बिहे गर्ने महिलाले तत्कालै अंगीकृत नागरिकता पाउने गरेका छन् । विधेयकको संशोधनमा भने नागरिकता त्यागेको प्रमाण ल्याएपछि मात्र अंगीकृत नागरिकता पाउने प्रस्ताव गरिएको छ ।

प्रकाशित : भाद्र २६, २०७६ १२:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?