कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेकपा सचिवालय बैठक बिहीबार

काठमाडौँ — नेकपाको सचिवालय बैठक बिहीबार बस्ने भएको छ । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली उपचारका लागि सिंगापुर गएपछि रोकिएको पार्टी एकता टुंग्याउने विषयमा छलफल गर्न सचिवालय बैठक बस्न लागेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । 

नेकपा सचिवालय बैठक बिहीबार

नेकपाभित्र केन्द्रीय निकायका रूपमा रहेका निर्वाचन, लेखा, अनुशासन, सल्लाहकार परिषद्, ज्येष्ठ कम्युनिस्ट मञ्च, प्रवास कमिटीलगायतको नेतृत्व टुंग्याउन बाँकी छ ।


पोलिटब्युरो गठनलगायतका एजेन्डा पनि थाती छन् । प्रधानमन्त्री ओली भदौ ५ मा सिंगापुर गएपछि अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा एउटा बैठक बसेको थियो । बैठकले एकता प्रक्रियामा जोडिन आएका नेत्रविक्रम चन्द समूह र नयाँ शक्ति पार्टीका नेतालाई केन्द्रीय समितिमा मनोनयन गर्नेबाहेक अन्य निर्णय गरेन ।


प्रधानमन्त्री ओलीले सिंगापुरबाट फर्केपछि अर्का अध्यक्ष दाहालसँग दिनहुँ छलफल गरिरहेका छन् ।

प्रकाशित : भाद्र २५, २०७६ ०७:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?