संक्रमणकाल अन्त्य गर्न सेना बाधक बन्दैन : प्रधानसेनापति

मातृका दाहाल

काठमाडौँ — प्रधानसेनापति पूर्णचन्द्र थापाले संक्रमणकाल अन्त्य गर्न नेपाली सेना बाधक नहुने बताएका छन् । राजनीतिक स्थिरतासँगै देश लामो संक्रमणकालबाट क्रमशः पार हुने क्रममा रहेको भन्दै प्रधानसेनापति थापाले संक्रमणका केही अवशेषलाई पार लगाउने विषयमा सेना बाधक नबन्ने स्पष्ट पारे । 


१० वर्षे सशस्त्र द्वन्द्वकालमा तत्कालीन विद्रोही माओवादी र सुरक्षा निकायबाट भएका मानवअधिकारका उल्लंघनका घटनाको छानविन सम्बन्धि विषय अझै टुंगोमा पुग्न सकेको छैन। सरकारले त्यसको छानबिन गरी पीडितलाई न्याय र दोषीलाई कारबाही सिफारिस गर्ने गरी सत्य निरुपण तथा मेलमिलाप आयोग गठन समेत गठन गर्न नसकिरहेकै बेला सेनापति थापाले संक्रमणकालसँग जोडिएका अवशेषको टुंगो लगाउन सेनाले सहयोग गर्ने बताएका हुन्।


प्रधानसेनापतिमा नियुक्ति भएको १ वर्षको अवसर पारेर मंगलबार सैनिक मुख्यालयमा आयोजित कार्यक्रममा प्रधानसेनापति थापाले आन्तरिक सुरक्षा मजबुत नभई देशको समृद्धि नहुने पनि बताए।


‘राजनीतिक स्थिरतासँगै आज देश संक्रमणकालबाट क्रमशः पार हुँदै छ, यद्यपी संक्रमणकाल पार गर्ने क्रममा बढ्दो जनआकांक्षा र अन्योलले सुरक्षा चुनौती थपिनसक्ने यथार्थलाई नकार्न सकिदैन,’ थापाले भने, ‘संक्रणका केही अवशेषहरु बाँकी छन् भने त्यसमा नेपाली सेना बाधक हुदैन र हुनु हुदैन।’ उनले आन्तरिक सुरक्षा बलियो नभई मुलुक समृद्धि तर्फ समेत नजाने बताए।


सरकारले लिएको 'सुखी नेपाली–समृद्ध नेपाल'को नारा सफल बनाउन विश्वसनीय प्रतिरक्षा प्रणाली र आन्तरिक सुरक्षा व्यवस्था बलियो हुनुपर्ने उनको भनाई छ।


‍सेनामा भ्रष्टाचार अन्त्य गर्ने प्रतिबद्धता जनाउँदै उनले सबे नेपाली सेनाका कर्मचारीको सम्पत्ति विवरण संकलन गरिने बताए। प्रधानसेनापति थापाले मंगलबार नै आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। पहिलो पटक प्रधानसेनापति थापाले सम्पत्ति विवरण सार्वजनिक गरेका हुन्। प्रकाशित : भाद्र २४, २०७६ १७:५५

ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

मोतिहारी–अमलेखगन्ज पाइपलाइनको उद्घा‌टन (तस्बिरहरु)

पवन यादव

सिमरा — मोतिहारी–अमलेखगन्ज पाइपलाइनको मंगलबार नेपाल र भारतको प्रधानमन्त्रीद्वयले भिडियो कन्फरेन्स मार्फत स्वीच थिचेर उद्घाटन गरेका छन् । भारतीय समय १२ बजे स्वीच थिचेर उद्घाटन गरिएको पाइपलाइन मार्फत् अमलेखगन्ज डिपोमा नेपाली समय १२ बजेर २० मिनेटमा तेल झरेको थियो ।

सेम्पल चेकिङ प्वाईन्टमा झरेको डिजेल सिसाको भाडोमा भरेर इन्डियन आयल कर्पोरेशनका कार्यकारी निर्देशक जेपी सिन्हाले नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र कुमार पौडेललाई हस्तान्तरण गरेका थिए । तेल हस्तानान्तरण गरेपछि औपचारिक समारोहमा नेपाल आयल निगमका भारतीय र नेपाली उच्च अधिकारीहरुले सम्बोधन गर्दै दक्षिण एसियामै पहिलो पटक अन्तरदेशीय पाइपलाइनको ऐतिहासिक उदघाटन भएको बताएका थिए ।


प्रकाशित : भाद्र २४, २०७६ १७:३६
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
×